Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईंले ओलीलाई भने- हजुरबा हेर्दिनु पर्‍यो

दुर्गा प्रसाईंले ओलीलाई भने- हजुरबा हेर्दिनु पर्‍यो

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर १३ २०७८


दुर्गा प्रसाईंले ओलीलाई भने- हजुरबा हेर्दिनु पर्‍यो

चितवन : नेकपा (एमाले) का नेता दुर्गा प्रसाईंं उम्मेदवारी मनोनय दर्ता स्थलमा पुगेर अध्यक्ष केपी शर्मा ओलीलाई आफूलाई पनि केन्द्रीय सदस्य बनाउन आग्रह गरेका छन्। अध्यक्षको पदमा ओलीले मनोनयन दर्ता गराएर बाहिर निस्किने क्रममा प्रसाईंले ‘हजुरबा’ भन्दै बोलाएका थिए।

उनका समर्थकले पनि उहाँ (प्रसाईं) लाई हेरिदिनु पर्‍यो हजुरबा भने। तर‚ ओलीले कुनै प्रतिक्रिया दिएनन्। ओली त्यहाँबाट निस्किएपछि प्रसाईंले सूर्य थापासँग आक्रोश पोख्दै भने( सबै तपाईंहरु नै हुनुभयो। हाँक्नुस् पार्टी र देश। यसअघि कसरी हाँक्नुभएको थियो।’

एमालेको केन्द्रीय सदस्यको सूचीमा नपरेका प्रसाईं आफूले उम्मेदवारी दर्ता गर्ने बताउँदै आएका थिए। तर अहिलेसम्म भने उम्मेदवारी दर्ता गराएका छैनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार