Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

रोशाको अनुरोध : ‘भोट गरेर लिटिल च्याम्प बनाइदिनुस्’

रोशाको अनुरोध : ‘भोट गरेर लिटिल च्याम्प बनाइदिनुस्’

  • रोशन काफ्ले
  • आइतबार, मंसिर ५ २०७८


रोशाको अनुरोध : ‘भोट गरेर लिटिल च्याम्प बनाइदिनुस्’

इलाम । नेपालको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्प सिजन १ को यति बेला जताततै चर्चा चुलिरहेको छ । प्रत्येक हप्ताको शुक्रबार र शनिवार राती ९ बजे प्रसासरण हुँदै आएको बालबालिकाहरुको रियालिटी सोको शिर्ष १३ प्रतिस्पर्धीहरु छानिएका छन । टप १४ मा उत्कृष्ट प्रस्तुति दिएर ट्प १३ मा पुग्न सफल भएकी छन् झापा मेचीनगर–८ की रोशा फुयाल ।

सुमधुर आवाजको कारण पहिलो राउन्डबाट अब्बल प्रतिस्पर्धीको रुपमा परिचित रोशा फुयालको चारै तर्फ चर्चा झनै चुलिएको छ । ग्राण्ड जुरि जजेज तथा दर्शकले अत्यन्तै स्वर रुचाएकी रोशा अहिले सम्म ४ पटक च्याट बास्टर र ३ पटक ग्रान्ड बास्टर भएर झन चर्चामा आएकी छन । हरेक शुक्रवार र शनिवार ग्यालेक्सी फोरके टेलिभिजनबाट प्रशारण हुदै आएको रियालिटी सो मा हाल रोशा भोटिङ राउण्डको चरणमा छिन् ।

सुरिलाे स्वरका कारण सर्वप्रिय बनेकी रोशालाई सारेगम लिटिल च्यापियन बन्नका लागि अब सबैको भोटको खाँचो रहेको छ । त्यसैले उनको समर्थनमा अहिले झापा सहित देशका विभिन्न स्थानमा उन्को समर्थन बढ्दै गईरहेका छन ।
हरेक शुक्रवार राती ९ बजेदेखी सोमवार अपराह्न १२ बजेसम्म हुने भोटिङ्गका लागि सबैसमक्ष रोशाले सहयोग समेत मागेकी छिन ।

प्रतियोगिताको नियम अनुसार ५० प्रतिशत गायकीको आधारमा निर्णायकको नम्बर र बाकी ५० प्रतिशत दर्शकको भोटिङ्गलाई आधार मानिने नियम रहेकोले रोशालाई सबैको भोटको जरुरी छ । सानैदेखि संगीतमा रुचि देखाएकी रोशा क्लासिक मोड्न तथा आधुनिक गित बडि गाउने बताउछिन ।मेची नगर तथा झापा जिल्लामा भएका धेरै प्रतियोगिताहरुमा समेत रोशाले जित हासिल गरेकी छिन् ।

रोशालाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर SGMP टाइप गरेर स्पेस दिएर रोशाको भोटिङ्ग कोड 13  लेखि 33001 मा सेण्ड गर्नुपर्ने हुन्छ । देश तथा बिदेशबाट अनलाईन मार्फत भोट गर्नको लागि प्ले स्टोर बाट एन्ड्रोइड मोवाइलकर्ताहरुले MOMO app डाउनलोड गरेर समेत भोट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार