फिक्कल । नेकपा माओवादी केन्द्रका नेता एवम पुर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले अहिलेको समयमा गरिबहरुले चुनाव लड्न स्थिती नै नरहेको बताएका छन् । उनले चुनाव खर्चिलो बन्दै जाँदा गरिब तथा सर्वहाराले अब हुने कुनै पनि तहको निर्वाचनमा उम्मेदवार बन्न सक्ने अवस्था नदेखिएको बताए ।
इलामको सूर्योदय नगरपालिकाकाे फिक्कलमा माओवादी केन्द्र वडा नं १० को वडा सम्मेलनलाई सम्बोधन गर्दै पोखरेलले भने ‘अहिलेको चुनावलाई हेर्ने हो भने गरिबले लड्न सक्ने स्थिती छैन् । पैसा छ भने मात्र चुनाव लड्न सकिन्छ । यो चुनाव प्रणाली नै भ्रष्टचारलाई प्रश्रय दिने मोडलको छ । पारदर्शीता छैन् यसमा हामीले पहिले बाट नै मतभेद राखिरहेका छौ ।’
पोखरेलले युगान्तकारी परिर्वतन गर्ने पार्टी माओवादी केन्द्र विधि र पद्धतीमा हिड्न नसक्दा समस्या देखिएको बताए । उनले अबका दिनमा तल्लो तहबाट पार्टीलाई संगठित गर्दै एक ढिक्का भएर जान कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले जनसमुदायसंग सम्बन्ध विकास हुन नसक्दा पार्टी अघि बढ्न केही समस्याहरु पैदा भएको जिकिर गरे ।
पोखरेलले माओवादी केन्द्रले सदस्यता वितरण प्रक्रियालाई निरन्तर रुपमा अघि बढाउने बताए । ‘ अब सदस्यता वितरण पनि गरौ नविकरण पनि गरौ । पछाडी परेकाले अभियानात्मक ढंगले मितिमा गर्ने भनेर अघि बढेका हौ सदस्यता वितरणमा रोक लगाएको छैन् ।’ पोखरेलले भने ‘ नेतृत्व चुन्ने बिषयमा हिजो (मंसिर ३) गतेसम्म नविकरण गरेकाहरुले हो । पार्टीको सदस्यता वितरण जारी नै छ ।’
उनले केपी ओली प्रवृतिको विरुद्ध कांग्रेससंग मिलेर अघि बढेको उल्लेख गरे । ‘चुनावमा शसक्त हस्तक्षेप गर्दै जानुपर्छ । कांग्रेसंग प्रतिस्पर्धा पनि छ अर्को तर्फ केपी ओली प्रवृतिको विरुद्ध कांग्रेससंग मिलेर जानुपनि छ ।’ पोखरेलले भने ‘ केपी जी अलि पर संविधान, संघीयता, लोकतन्त्र र जनादेशबाट पर गएको कारण मिल्न सक्ने शक्तिहरु मिलेर गएका हौ । माधव नेपाल कमरेडको नेतृत्वमा भएको प्रतिगमन विरोधी भुमिका सकारात्मक छ ।’
उनले चुनावमा समेत गठबन्धनको एकता कायम राख्न चाहेको बताए । पोखरलेले आगामी चुनावका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । राजनितिक दलहरु नयाँ नेतृत्व र पार्टी सम्मेलनका लागि अघि बढिरहेकाले केही दिनमा मिति तय भएर ३ तहको निर्वाचन प्रक्रिया अघि बढ्ने उनले बताए ।
न्यायलयमा वेथितिको बारेमा कार्यकर्ताहरुको जिज्ञाशालाई सम्बोधन गर्दै पोखरेलले न्यायधिशहरुले न्यायलयमा सुधार अभियान प्रति आफ्नो ऐक्युवद्धता रहेको बताए । उनले नैतिकताको आधारमा प्रधानन्यायधिश चोलेन्द्रशम्शेर जवराले राजिनामा दिनुपर्ने बताए ‘ प्रधानन्यायधिश जस्तो न्याय सम्पादन गर्ने व्यक्तिबाटै दुरुपयोग हुन्छ भने शक्ति पृथकिकरणको सिद्धान्तबाट काम हुँदैन भने मुलुक कहाँ जान्छ ?’ उनले प्रश्न गरे
‘यति खेर उहाँले सुधारका क्षेत्रमा चालिएका कदमलाई ध्यान दिँदै राजिनामा दिएर सहजिकरण गर्नु उपयुक्त हुन्छ । तर त्यसो गर्नुहुन्न । यता जनताले सेवा नपाउने मुद्धाहरु फैसला नहुने एकपछि अर्को जटिलता हुन्छ भने दलहरु चुप लागेर बस्नुहुन्न ।’ उनले भने ‘ आवश्यक परे व्यवस्थापिकाको बैठक बोलाएर निकास दिनुपर्छ ।’