Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेकपा (माओवादी केन्द्र) इलामको ३६ वडामा सम्मेलन

नेकपा (माओवादी केन्द्र) इलामको ३६ वडामा सम्मेलन

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर ४ २०७८


नेकपा (माओवादी केन्द्र) इलामको ३६ वडामा सम्मेलन

फिक्कल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इलामको ८१ वडा मध्ये ३६ वडामा सम्मेलन सम्पन्न भएको छ । समाजवाद निर्माणको लागि ूनयाँ क्रान्तिकारी बिचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौंू भन्ने मुल नाराका साथ देशभर ६७४३ वडामा एक साथ सम्मेलन भएको थियो । सम्मेलनले ५ जनाको पदाधिकारी सहित २९ सदस्यीय वडा समिति निर्वाचित गरेको हो ।

माई नगरपालिकामा १० वटै वडामा नगर सम्मेलन सम्पन्न भएको छ । वडाध्यक्षहरुमा वडा नं १ मा हेम बहादुर राई उदय०, २ मा राम बहादुर थापा, ३ मा दिल बहादुर पापो, ४ मा लक्ष्मण आले, ५ मा दिपेन्द्र राइ, ६ मा दल बहादुर योङहाङ, ७ मा होमनाथ वान्तावा, ८ मा मदन लोक्ताम, ९ मा राजु लोक्ताम र १० मा गिता कुमार ढकाल निर्वाचित भएका छ्न् ।

इलाम नगरपालिकामा ४ वडामा सम्मेलन भएको छ । इलाम नगरको वडाध्यक्षहरुमा २ मा प्रेम तामाङ, ३ मा विनय राई, ६ मा देव तिखत्री निर्वाचित भएका छन् । यसै गरि सुर्योदय नगरपालिकाको २ वटा वडामा सम्मेलन भएको छ । वडाध्यक्षहरुमा १० मा विष्णु प्रसाद मैनाली र १३ मा गणेश राई रहेका छन् । देउमाइ नगरपालिकामा भने भोलि देखि सुरु हुनेछ ।

चुलाचुली गाउँपालिकामा सबै वडामा सम्मेलन सम्पन्न भइसकेको छ भने वडा नं ३ को नतिजा आउन बाँकी । वडाध्यक्षहरुमा १ मा पृथ्वी राइ, २ मा मैदाने राई, ४ मा नरबहादुर बुढाथोकी, ५ मा स्यामन्त नेपाल र ६ मा दुर्गा नेपाली निर्वाचित भएका छ्न । माङसेबुङ गाउँपालिकामा ५ वडामा सम्मेलन सम्पन्न भएको छ । वडाध्यक्षहरुमा वडा नं १ मा भुपाल लिम्बु, २ मा उमाकान्त कार्कि, ३ मा सजन राई, ४ मा हर्क लावती र ५ मा सन्त बहादुर राई रहेका छ्न ।

फाकफोकथुममा ३ वटा वडामा सम्मेलन सम्पन्न भएको छ । वडाध्यक्षहरुमा १ मा भोज बहादुर बोहोरा, ६ मा माधव पौडेल र ७ मा जगत लिम्बु निर्वाचित भएका छ्न । माइजोगमाई गाउँपालिकामा ३ वडामा सम्मेलन सम्पन्न भएकोछ । वडाध्यक्षहरुमा २ मा दुर्गाबहादुर महत, ५ मा सन्त बहादुर राई९दिपक० र ६ मा भिम बहादुर थेबे निर्वाचित भएका छन् ।

त्यसै गरि रोङ गाउँपालिकामा ३ वटा वडामा सम्मेलन सम्पन्न भएकोछ । वडाध्यक्षहरुमा १ मा खड्ग बहादुर राई, २ मा धनमाया प्रधान र ३ मा गणेश राई निर्वाचित भएका छ्न । पार्टीलाइ नयाँ शिराबाट निर्माण गर्न हुदै गरेको आजको प्रथम वाडा सम्मेलन ३६ वडा सम्मेलन सम्पन्न भइसकेका छ्न भने बाकी ४५ वटा वडाहरुमा मंसिर १० गते सम्म सम्पन्न हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार