फिक्कल । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत इलामका प्रदेशसभाका चारवटै निर्वाचन क्षेत्रका सभापति र अन्य पदको नेतृत्व चयन भएको छ। शुक्रबार भएको मतदानबाट प्रदेशसभाको आगामी नेतृत्वका लागि सभापतिसहित २ उपसभापति, २ सचिव, २ सहसचिव र ९ सदस्य चयन भएका हुन्।
इलाम क्षेत्र नं १ ‘क’ मा मैया
इलाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा निर्वाचन क्षेत्र १ ‘क’ को नेपाली कांग्रेस सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छन्। शुक्रबार तीनजनाबीच प्रतिस्पर्धा भएको निर्वाचनमा १२३ मत पाई लिम्बु विजयी भएकी हुन्। खसेको कुल ३ सय ४७ मतमध्ये उनले १ सय २३ मत प्राप्त गरिन्।

उपसभापतिमा ज्ञानबहादुर राई र मोहन गुरुङ विजयी भए भने सचिवमा कुसुम दाहाल र मनोज लेप्चा विजयी भए। सहसचिवमा मक्खन गुरुङ र सीता घिसिङ राई निर्वाचित भए। शुक्रबार दिउँसो फिक्कलमा भएको मतदानको मत परिणाम शनिबार सार्वजनिक भएको हो।
इलाम क्षेत्र नं १ ‘ख’मा निष्कल

इलाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘ख’ को नेपाली कांग्रेस सभापतिमा निष्कल राई निर्वाचित भए। राईले तीनजना प्रतिस्पर्धीलाई पराजित गरेका हुन्। खसेको कुल ३ सय ६१ मतमध्ये राईले १ सय ६१ मत पाए। उनका प्रतिस्पर्धी श्यामबहादुर कार्की‚ मनबहादुर बस्नेत र सुवक श्रेष्ठ थिए।
उपसभापतिमा पहल बहादुर थापा र सुरेन पौडेल निर्वाचित भएका छन् । थापाले २ सय १९ र पौडेलले १ सय ९५ मत पाएका छन् । अर्का उम्मेदवार रामबहादुर कामीले १ सय २२ मत मात्र पाएका छन् । सचिवमा एगा अर्याल र लोकबहादुर राईले बिजय हासिल गरेका छन् । अर्यालले १ सय ८५ र राईले १ सय ९६ मत पाएका छन् । अर्का उम्मेदवार सूर्य राईले १ सय ८४ मत पाए ।
सहसचिवमा हेमकुमारी चौहान र सुवास पौडेल बिजयी बनेका छन् । चौहानले २ सय ३० र पौडेलले १ सय ७० मत पाए । अर्का उम्मेदवार तिलक अधिकारीले १ सय ४५ मत पाए ।
इलाम क्षेत्र नम्बर २ ‘क’ मा गोपाल
इलामको १४ औँ महाधिवेशनबाट प्रदेशसभा २ ९क० का सभापतिमा २ सय २९ मत ल्याई गोपाल चौहान निर्वाचित भए। उनका प्रतिस्पर्धीहरू राजेन्द्र बाँस्तोला‚ श्यामकुमार श्रेष्ठ र माधव बस्नेत थिए। त्यस्तै उपसभापतिमा विष्णु सुब्बा २४४ र मनकुमार गुरुङ २३५ मत पाएर विजयी बने। उनीहरूका प्रतिस्पर्धी कमलमणि खनाल, सुनिता श्रेष्ठ कर्माचार्य, शिवराज घिमिरे र शोभावती खत्री कार्की थिए।

त्यस्तै सचिवमा श्री विष्ट २६७ र दीपेश खत्री २२४ मत पाई विजयी भए। उनीहरूका प्रतिस्पर्धी गजेन सुब्बा, विनोद न्यौपाने, मोहन पराजुली र सन्तोष राई थिए। सहसचिवमा राजेन्द्र पौडेल ९रिकी० २७० र सूर्यबहादुर कार्की २५६ ल्याई विजयी भए।
इलाम क्षेत्र नम्बर २ ‘ख’ मा खगेन्द्र

इलाम निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को नेपाली कांग्रेस सभापतिमा १ सय ५५ मत पाई खगेन्द्र लिम्बु निर्वाचित भए। उनका प्रतिद्वन्द्वी लक्ष्मण राई‚ लक्ष्मण कार्की र सुवास आङथुपो सुब्बा थिए। उपसभापतिमा पदमकेशर लिम्बु र हरिप्रसाद कोइराला निर्वाचित भए। सचिवमा धनबहादुर लिम्बु र भीमबहादुर मगर विजयी भए। सहसचिवमा सुदेश राई र चन्द्र फियाक लिम्बुले विजय हासिल गरे।