Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम क्षेत्र नम्बर २(क) काे सभापतिमा चौहान बिजयी

इलाम क्षेत्र नम्बर २(क) काे सभापतिमा चौहान बिजयी

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर ४ २०७८


इलाम क्षेत्र नम्बर २(क) काे सभापतिमा चौहान बिजयी

इलाम । नेपाली काङ्ग्रेस ईलामको १४ अौ महाधिवेशनबाट प्रदेश सभा २ (क) को सभापती पदमा गोपाल चौहान निर्वाचित भएका छन् । उनी २२९ मत सहित बिजयी बनेका हुन् ।
आज बिहान सम्पन्न मत परिणाम अनुसार उनका निकटतम प्रतिष्पर्दी राजेन्द्र बाँस्तोलाले १६० प्राप्त गरेका छन् । अध्यक्ष पदका चारजना प्रतिष्पर्धी श्यामकुमार श्रेष्ठले ९८ र माधव बस्नेतले ८० मत प्राप्त गरे ।
त्यस्तै उपसभापती पदमा विष्णु सुब्बा र मनकुमार गुरुङ बिजयी बनेका छन् । उनीहरूले क्रमश २४४ र २३५ मत प्राप्त गरे। उनीहरूका प्रतिष्पर्दी कमलमणी खनालले १३१, सुनिता श्रेष्ठ कर्माचार्यले १२४, शिवराज घिमिरेले १११ र शोभावती खत्री कार्कीले १०३ मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिवमा श्री बिष्ठ र दिपेश खत्री बिजयी बनेका छन् । उनीहरूले क्रमश २६७ र २२४ मत प्राप्त गरे । निकटतम  प्रतिष्पर्दी गजेन सुब्बाले १४५, बिनोद न्यौपानेले १३१, मोहन पराजुली ११४ र सन्तोष राईले ८० मत प्राप्त गरे ।
सह सचिव पदमा राजेन्द्र पौडेल (रिकि) र सूर्यबहादुर कार्की बिजयी भएका छन् । उनीहरूले समेत क्रमश २७० र २५६ मत प्राप्त गरे । इलाम नगरपालिका वडा नम्बर १ को नेपालटारमा अधिवेशन भएको हो । 

प्रतिक्रिया
सम्बन्धित समाचार