Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा विप्लव समूहको बन्दको आंशिक प्रभाव

इलाममा विप्लव समूहको बन्दको आंशिक प्रभाव

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक ३० २०७८


इलाममा विप्लव समूहको बन्दको आंशिक प्रभाव

फिक्कल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको इलाममा आंशिक प्रभाव देखिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द गरेको हो ।

नेपाल बन्दका कारण इलामका विभिन्न क्षेत्रमा फाट्फुट्ट रुपमा छोटो दुरीका सवारीसाधन संचालनमा आएका छन् । लामो दुरीका सवारीसाधन नचल्दो बिहानै सास्ती भोगेका छन् । पसलहरु समेत आंशिक रुपमा खुलेका छन् ।
बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।

चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । सार्वजनिक गाडीको संख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार