माई : आगलागी पिडित माई नगरपालिका–७ का सनबहादुर मगरको परिवारलाई माओवादी केन्द्र माई नगर समितिले राहत प्रदान गरेको छ । गत कार्तिक २१ गते विद्युत सर्टभई आगलागी पिडित मगर परिवारलाई माओवादीले ५ हजार ५ सय रुपैया सहयोग गरेको हो ।
माओवादी केन्द्रका नगर अध्यक्ष धनकुमार लिम्बुले पिडित परिवारलाई राहत रकम प्रदान गरे । स्थानीय सरकारबाट पिडितले राहत नपाएपछि माओवादी केन्द्रले सहयोग गरेको जनाइएको छ । आगलागीबाट करिब ७ लाख रुपैया बराबरको क्षति भएको थियो ।
