Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

देउमाईमा आगलागीबाट एकसठ्ठी लाख पाँच हजार पाँच सयको क्षति

देउमाईमा आगलागीबाट एकसठ्ठी लाख पाँच हजार पाँच सयको क्षति

  • लोकल सन्देश
  • शुक्रबार, कार्तिक १९ २०७८


देउमाईमा आगलागीबाट एकसठ्ठी लाख पाँच हजार पाँच सयको क्षति

इलाम । इलामको देउमाई नगरपालिकामा एक घरमा आगलागी हुँदा ६१ लाख बराबरको क्षति भएको छ । देउमाइ नगरपालिका २ महबिर बस्ने चन्द्र प्रसाद पौडेलको ढुङ्गा माटो काठ र टिनको छानो भएको घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल लष्ट भएको हो । २ तल्ले घरमा अचानक बिधुत सट भई आगलागी हुदा घर भित्र भएको किराना पसल, दुध डेरीका सामग्रीहरु जलेर नष्ठ भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख महेन्द्र कुमार श्रेष्ठले बताए ।
आगलागी रक्से प्रहरी चौकीबाट खटिएको प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएपछि मानविय र पशु चौपायामा क्षति हुन सकेन । आगलागीबाट पाच लाख, सुन १० तोला, चामल ३० बोरा, गाईले खाने बराइन २५ बोरा, चामलको कनिका ८ बोरा, मकैको च्याख्ला १० बोरा,गंहु ६ बोरा जलेर नष्ठ भएको छ । त्यस्तै खाने तेल १५ काटन, अलैची ५ मन,चिनी ८० केजी, मैदा २ बोरा, पसलको खुद्रा सामान १ लाख ५० हजार बराबरको र चांदी १ तोला नष्ठ भएको हो ।
आगलागीबाट डेरीको समान १ लाख २० हजार,घ्यु ५५ केजि ओढ्ने ओछ्याउने,भाडा बर्तन क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार