माई । नेकपा एकीकृत समाजबादी माई नगर कमिटीको अध्यक्षमा अनिल तामाङ चयन भएका छन् । आज सम्पन्न प्रथम अधिवेशनबाट तामाङको नेतृत्वमा १०१ सदस्यीय नगर कमिटी गठन भएको हो । उपाध्यक्षमा पुष्प खनाल, सचिवमा हरी नेपाली, उपसचिवमा सुक बहादुर राई र नर बहादुर लिङ्देन चयन भएका छन् ।
दानाबारीको सितली स्थिति रेडक्रस भवनमा भएको अधिबेशनमा राजकुमार एक्तेनको अध्यक्षतामा ५१ सदस्यीय युवा संघको कमिटी गठन भएको छ । युवा संघ इन्चार्जमा नर बहादुर लिङ्देन र सचिवमा अमर रामदाम चयन भएको अध्यक्ष तामाङले जानकारी दिए । पुष्प खनालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा जिल्ला कमिटी अध्यक्ष एवम केन्द्रिय सदस्य भक्त केसीके प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीकी जिल्ला उपाध्यक्ष एवम जिल्ला समन्वय समिति इलाम उपप्रमुख चित्रकला बराइली, जिल्ला कमिटि सदस्य तथा सुर्योदय नगर प्रमुख रणबहादुर राई , युबा संघका केन्द्रिय उपमहासचिव संजिव राई, प्रत्युस आजाद राना, एकिकृत समाजवादीका नेता एवम सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संबिधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको क्षेत्रमा पर्ने माइ नगरपालिकामा एकिकृत समाजबादीको अबस्थाको बारेमा धेरैको चासो देखिएको छ।