Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

१ सय ९३ वटा गोरु २३ लाख भन्दा बढिमा लिलाम

१ सय ९३ वटा गोरु २३ लाख भन्दा बढिमा लिलाम

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक १६ २०७८


१ सय ९३ वटा गोरु २३ लाख भन्दा बढिमा लिलाम

फिक्कल । भन्सार छलेर भारत तर्फ निकासीका लागि लगिएको गोरु आज लिलाम गरिएको छ । अवैध रुपमा भारत तर्फ निकासी हुँदै गरेको दरले २३ लाख १६ हजार मुल्य बराबर १९३ वटा को पशुपतिनगर भन्सारले लिलाम गरेको हो । सन्दकपुरको कैयाकट्टामा शसस्त्र प्रहरी सहायक निरिक्षक आइन्द्र लिम्बुको नेतृत्वमा खटेको टोली र कालपोखरी विओपीको टोलीले संयुक्त रुपमा आज पक्राउ गरेको थियो ।

भन्सार कार्यालयले १५ हजार रुपैया मुल्यांकन गरेपनि लिलामी प्रक्रियामा १२ हजारका दरले विक्री गरिएको हो । भन्सार ऐन २०६४ अनुसार जिवजन्तुको भन्सार दाखिला भएकै दिन सूचना निकाली त्यसै दिन लिलामी गर्नु पर्ने प्रक्रिया रहेको छ । पछिल्लो समय नेपाल–भारत सिमाबाट भन्सार छलेर गोरु भारत तर्फ निकासी हुँदै आएको छ ।

एक पटक गोरु निकासी गर्दा निकासीकर्ताले प्रति गोरु १ सय १३ रुपैयाको भन्सार काट्नु पर्छ । भन्सार काटेपछि पशुपतिनगर नाकाबाट सहजै गोरु भारत निकासी हुने गरेको छ । भन्सार काटेपछि निश्चित समयमा गोरु निकासी गर्नु पर्ने नियम रहेके छ । झापा हुँदै ल्याइएका गोरु पशुपतिनगर नाकाबाट भारत निकासी हुने गरेको पाईएको छ ।

चालु आर्थिक बर्ष सुरक्षा निकायले क्वारेन्टाइन प्रक्रिया छलेर भारत तर्फ निकासी हुँदै गरेको २ सय ८४ वटा गोरु नियन्त्रणमा लिएपछि लिलामी प्रक्रियामा गएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार