Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्याङमा नेकपा एसको कमिटी गठन

प्याङमा नेकपा एसको कमिटी गठन

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक १६ २०७८


प्याङमा नेकपा एसको कमिटी गठन

नयाँबजार । नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङको अध्यक्षमा दुर्गाप्रसाद लिङ्दम चुनिएका छन् । कमिटीको उपाध्यक्ष राजेन्द्र कुमार थेवे सचिब मिलन थेवे सहसचिब सुवास नेपाल चयन भएका छन् ।

सदस्यहरुमा जित बहादुर लिङदम ,जिर्ण बहादुर थेवे ,दिल बहादुर लिङदम ,कुसुम थेवे , सुनिता परियार ,बिमला ढकाल , ठाकुर काफ्ले ,लेखनाथ अधिकारी ,केशर बहादुर परियार ,तेज बहादुर बिक रहेका छन् । त्यसैगरी दिनेश थापा ,हेक थेवे ,डम्बर लिङ्दम ,शिशिर थेवे , युवराज नेपाल ,दिनेश भण्डारी ,जिवन लिङदम ,कमल थेवे ,धन बहादुर तिवारी ,प्रकाश थेवे ,बिनोद थेवे ,अमृता परियार ,लोकेन्द्र जबेगु लगायत ३१ सदस्यीय कमिटी गठन भएको छ ।

नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजबादीको जनबर्गीय संगठन युवा संघ नेपाल को पनि दिनेश भण्डारीको अध्यक्षतामा ३३ सदस्यीय कमीटी गठन भएको छ । नव गठित समितिको उपाध्याक्षमा स्वर्णिम थेवे सचिबमा ठाकुर काफ्ले सहसचिब जिवन लिङ्दम लगायतको समिति गठन भएको हो ।

कार्यक्रममा राजनैतिक प्रतिबेदन महेश तिवारीले प्रस्तुत गरेका थिए । नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजबादीका जिल्ला कमिटी सचिवालय सदस्य जित बहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार