Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको छ : प्रचण्ड

तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको छ : प्रचण्ड

  • लोकल सन्देश
  • सोमबार, कार्तिक १५ २०७८


तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन कसरी गर्ने भन्ने सम्बन्धमा दुईथरि विचारमा छलफल भइरहेको बताएका छन् ।

सोमबार पार्टी निकटका निजामती कर्मचारीहरुको कार्यक्रममा उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक निर्वाचन गर्ने वा पहिले प्रतिनिधिसभाको निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भइरहेको बताएका हुन् । निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा राजनीतिक तहमा चलिरहेको छ तर निर्वाचन आयोगसँग छलफल गर्न बाँकी नै रहेको अध्यक्ष प्रचण्डले बताए ।

‘राज्यलाई कम भार पार्ने, जनतालाई कम दुख हुने गरी तीनै तहको निर्वाचन एकैचोटी गर्ने, प्रदेश अनुसार चरण चरणमा गर्ने तर काउन्टिङ एकै पटक गर्ने गर्‍यो भने धेरै चलखेल षड्यन्त्र पनि हुन नपाउने आर्थिक बोझ पनि कम हुने राजनीतिक दललाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार आएको छ’ अध्यक्ष प्रचण्डले भने ।

त्यस्तै तीनवटै निर्वाचन एकैपटक गर्दा प्राविधिक रुपमा अप्ठ्यारो हुने हुनाले पहिले संघको निर्वाचन गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन गर्ने विषयमा पनि छलफल भइरहेको प्रचण्डले बताए । ‘यो दुईवटा विचारमा छलफल चलिरहेको छ’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार