माई । नेकपा एमाले प्रथम माई नगर अधिवेशनबाट अध्यक्षमा खम्बसिंह लिम्बू निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी मुखराज आङदाम्बेलाइ हराउँदै जीत सुनिश्चित गरेका हुन् । लिम्बूले १७४ मत ल्याएर विजय बन्दा आङ्दाम्बेले १२९ मत मात्र ल्याउन सके । अध्यक्षमा निर्वाचित लिम्बु माई नगरपालिका वडा नं २ का वडाध्यक्ष समेत हुन् ।
पराजित बनेका आङ्दाम्बे माई नगरपालिका–६ का वडाध्यक्ष हुन् । यस्तै उपाध्यक्षमा नरेन्द्रबहादुर खड्का १८६ मत ल्याएर विजयी बन्दा उनका प्रतिद्धन्द्धी राधाकृष्ण अधिकारीले १०१ मत ल्याएर पराजय भोगे । पराजित अधिकारीले गत बर्ष नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर एमाले रोजेका थिए ।
यस्तै सचिवमा हेमबहादुर लायो मगरले १३४ मत ल्याएर विजयी बन्दा अन्य उम्मेदवार दुर्गाबहादुर विश्वकर्माको २८, मन बहादुर लिम्बु देवान ९६, ज्ञान बहादुर कटुबाल (३९ मत ल्याए । सहसचिवमा देविप्रसाद नेपाल १९३ मत ल्याएर विजयी बन्दा तोयानाथ घिमिरेले ९२ मत मात्र ल्याए ।
उपसचिवमा रुपा राई सर्वसम्मत रुपमा निर्वाचित भइन् । इलामको १० मध्ये ८ पालिकामा अधिवेशनबाट नेतृत्व चयन भएको छ । अन्य पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुँदा माई नगरपालिकामा मात्र निर्वाचन भएको हो ।