फिक्कल । नेकपा एमाले सुर्योदय नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिबेशनबाट अध्यक्षमा दुर्गादेवी भट्टराई निर्वाचित भएकी छन् । सूर्योदय नगर उपप्रमुख समेत रहेकी भट्टराई आगामी कार्यकालको लागि एमालेको नगर नेतृत्वको लागि निर्वाचित भएकी हुन् ।
नगर कमिटीको उपाध्यक्षमा बिमल कार्की सचिवमा पारस राई ,उप सचिवमा शंकर प्रसाद गदाल र टंक प्रसाद घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी पर्यटकीय गाउँपालिका सन्दकपुरको अध्यक्षमा गिरिराज खनाल अध्यक्षमा निर्वाचित भएका छन् ।
खनाल सन्दकपुर गाउँपालिका–२ को वडाध्यक्ष एवम प्रवक्ता समेत हुन् । गाउँपालिका कमिटीको उपाध्यक्षमा चन्द्र वहादुर राई, सचिवमा केवल राई ,उप सचिवमा सिद्धार्थ राई र पुरण राई निर्वाचित भएका छन् ।