Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

देउवा सरकार सय दिनमै असफल देखियो : नेम्बाङ

देउवा सरकार सय दिनमै असफल देखियो : नेम्बाङ

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक ९ २०७८


देउवा सरकार सय दिनमै असफल देखियो : नेम्बाङ

इलाम । पुर्व सभामुख एवम एमाले उपनेता सुवासचन्द्र नेम्बाङले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले १ सय दिनको अवधिमै असफल देखिएको बताए । उनले परमादेशको सरकार भएको बताउँदै ८८ दिनमा सरकारलाई पुर्णता दिएपनि ३ दिनसम्म नटिकेको आरोप बताए । नेकपा एमाले प्रथम माई नगर अधिबेशनको उद्घाटन गर्दै भुमी आयोग,सडक योजना, बजेट होलिडेका नाममा जनमैत्री योजना लगायत खारेज गरेर जनविरोधी काम गरेको नेम्बाङले आरोप लगाए ।

नेम्वाङले बर्तमान सरकार जनादेशबाट आउन नसकेको भन्दै विश्वकै इतिहासमा सर्बोच्च अदालतको आदेशमा नेपालमा बनेकोमा सर्वोच्चको भुमिकाबारे आफुले केही भन्नु नपर्ने बताए । जनताले एमालेलाई झ्याल र भ्यान्टीलेशनबाट आउन जनादेश नदिएको भन्दै आगामी निर्वाचनमा मुल ढोकाबाट सिंहदरबार छिर्ने ठोकुवा गरे । इलाम क्षेत्र नम्बर–२ का सांसद समेत रहेका नेम्बाङले इलामको कर्णाली भनेर चिनिने आफ्नो क्षेत्रमा विकासले उज्यालो बनाएको ठोकुवा गरे ।

पार्टी व्यवसाय नभई सामाजिक सेवाको क्षेत्र भएकाले ब्यक्ति भन्दा पार्टी ठुलो र पार्टी भन्दा देश ठुलो हुने भन्दै सोही अनुसार लाग्न कार्यकर्तालाई आग्रह गरे । विस २०२८ सालमा इलाम क्याम्पसको विधार्थी राजनीतिबाट शुरु गरि २०३१ सालमा अध्यक्ष केपी ओली संगै काठमाडौको कारागारमा संगठित सदस्य भए देखि अहिले सम्म आफु यता उता नहल्लिएको भन्दै पछिल्लो एमालेमा प्रवेशको लहर चलेको बताए ।

सभामुख नेम्बाङले व्यङ्ग्य गर्दै भने ‘म कार्टुन हेर्दै थिए, माधव कमरेडलाई कसैले तान्दै थिए, कसैले ठेल्दै रहेछन, घचेट्ने र ठेल्ने साथिहरुको अनुहार बिर्से तर पनि वहाँ भन्दै हुनुहुन्थ्यो मलाई घचेडियो ।’ माई–८ को बिष्णेटारमा शुरु भएको नगर अधिवेशनलाई नेम्बाङले सहमति र सहकार्यमा अधिवेशन सफल बनाउन कार्यकर्तालाई सुझाव दिए ।

जिल्ला कमिटी अध्यक्ष राम रानाले एमाले सरकारले जनमैत्री काम गरेको र माईमा पनि विकासले ठुलो फड्को मारेको बताए । सहमति र सहकार्यमा नेतृत्व चयन गर्न सुझाव दिदै अध्यक्ष रानाले कम्युनिस्ट अनुशासन पालना गर्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार