Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बाढी पहिरो पिडितसंग प्रधानमन्त्रीले भने ‘ सरकार तपाईहरुको साथमा छ ’

बाढी पहिरो पिडितसंग प्रधानमन्त्रीले भने ‘ सरकार तपाईहरुको साथमा छ ’

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक ७ २०७८


बाढी पहिरो पिडितसंग प्रधानमन्त्रीले भने ‘ सरकार तपाईहरुको साथमा छ ’

पाँचथर । प्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र पाँचथरका बाढी पहिरो पीडितलाई भेट्दै जनजिवन सहज बनाउन सरकार सधै साथमा नै रहने आश्वासन दिएका छन् । उनले पिडितहरुसंग भेट्दै सरकारले यस अघि नै राहत घोषणा गरेको पनि थप प्याकेज अघि सार्ने बताएका हुन् ।

अल्पकालीन र दिर्घकालीन राहत प्याकेज ल्याउने सरकारको तयारी रहेको उनले बताए । मन्त्रीपरिषदको बैठक राखि राहत प्याकेज घोषणा गर्ने उनको भनाई थियो । ‘काठमाडौं गएर आगामी मन्त्रिपरिषदमा तपाईहरुको लागि दिर्घकालीन राहतको व्यवस्थापन गर्छु’, उनले भने, ’सरकार तपाईहरुको साथमा छ ।’

इलाम र पाँचथर लगायतका जिल्लामा बेमौसमी झरीका कारण ठुलो क्षति पुगेको भन्दैँ देउवाले राहत र पुनः स्थापनाका कार्यक्रम ल्याउने बताए । पहाडमा अध्ययन विना जथाभावी सडक र विकासका संरचनाहरु बनाउँदा क्षति पुगेको उनले बताए । उनले अव्यवस्थित रुपमा हुने गरेका सडक निर्माणका कामहरु रोक्नुपर्ने बताए ।

‘यहाँमात्र हैन् देशभरका पहाडमा जथाभावि सडक बनाइएको छ । पहाडमा जतासुकै डोजर कुदाएर समस्या परेको छ । जहाँपनि बाटो लगेर पहिरोको जोखिम बढ्यो यो रोक्नुपर्छ ।’ देउवाले भने फरक प्रसंगमा बोल्दै देउवाले नेपाली कांग्रेसको महाधिवेशन चाडैँ हुने बताएका छन् । अधिवेशन पछि हुने, पछि सर्ने भन्ने नभएको उनले बताए छन् ।

‘अधिवेशन पछि हुन्छ, सर्छ भन्ने कुरा होईन अधिवेशन हुन्छ हुन्छ’ देउवाले भने ‘निर्वाचन समिति बनाएका छौँ, काम अघि बढेको छ । क्रियाशिलको समस्या समितिले समाधान गर्छ । तपाईहरु मिलेर अधिवेशनमा लाग्नुस् ।’ अधिवशेनमा राम्रो हिसाबले प्रतिस्पर्धा गर्न उनले आग्रह गरे । बेमौसमी बाढी पहिरोबाट इलाममा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ३ जना बेपत्ता रहेका छन् ।

त्यसैगरी पाँचथरमा पहिरोबाट ३० जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । सयौँ परिवार विस्तापित छन् । देउवाले इलाम र पाँचथरका पहिरो प्रभावित अन्य क्षेत्रको हवाई निरिक्षण गरेका थिए । यसैबीच फाल्गुनन्द गाउँपालिका–३ का पहिरो प्रभावितले तत्काल बासको व्यवस्था मिलाउन माग प्रधानमन्त्री समक्ष माग गरेका छन् । त्यहाँका पहिरो प्रभावित १ सय ५० भन्दा बढी विस्थापित विद्यालयमा बस्दै आइरहेका छन् ।

प्रधानमन्त्रीले यसअघि इलामको माङ्सेबुङ गाउँपालिका–६ को चिसोपानी र पाँचथरको मिक्लाजुङ –६ को स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणमा ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्री पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार