Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बाढी र पहिराेको क्षति बारेमा माओवादी केन्द्र माई नगरको अनुगमन (फोटो फिचर)

बाढी र पहिराेको क्षति बारेमा माओवादी केन्द्र माई नगरको अनुगमन (फोटो फिचर)

  • सुजन ढकाल
  • आइतबार, कार्तिक ७ २०७८


बाढी र पहिराेको क्षति बारेमा माओवादी केन्द्र माई नगरको अनुगमन (फोटो फिचर)

माई । अविरल बर्षापछि आएको बाढी र पहिरोको क्षति बारे नेकपा माओवादी माई नगर कमिटीले अनुगमन गरेको छ । माओवादी केन्द्रले घण्टे–सेतीखरे हुँदै चेप्टीसम्मका क्षेत्रमा माई खोलाले पु¥याएको क्षतिको बारेमा अनुगमन गरेको हो । नगर अध्यक्ष धनकुमार लिम्बुको नेतृत्वमा गरेको अनुगमन टोलीले करिब ६० हजार हेक्टरमा लगाइएको खेतीपातीमा क्षति पुगेको निष्कर्ष निकालेको छ ।

त्यसैगरी लोदिया र गरुवा खोलामा समेत अनुमगमन गरिएको छ । अनुगमनका क्रममा स्थानीबासिन्दाहरुसंगको अन्तरक्रिया गर्दा स्थानीय सरकारले चासो नदिएको गुनासो पाइएको माओवादी केन्द्रका नेता तेजबहादुर घिमिरेले बताए । माओवादी केन्द्र माईले स्थानीय सरकार, प्रदेश र संघीय सरकारसँग क्षतिपुती र खोलामा तटबन्धनको माग राखेको छ ।

वडा नंं ६ सेतीखरेमा करिब ८० लाखको लागतमा लगाइएको तटबन्ध समेत बगाउँदा खोला आसपासका ३ घर समेत माई खोलाले बगाएको घिमिरले बताए । खोलाले पशु चौपाय समेत बगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार