नयाँबजार । माईजोगमाई गाउपालिकाको ६ वटै वडामा नेकपा एमालेले नेतृत्व चुनेको छ । आज भएको वडा अधिवेशनबाट एमालेले नेतृत्व टुंगो लगाएको हो । वडा नं १ मा हालका वडाध्यक्ष यामकुमार कार्की अध्यक्ष तथा निर्मला राई उपाध्यक्ष सहित ३१ सदस्यीय वडा कमिटी गठन भएको छ ।
वडा नं २ मा गणेश सुवेदी अध्यक्ष, डिक बहादुर खडका उपाध्यक्ष, जीत बहादुर थापा सचिव सहित ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । वडा नं ३ मा चन्द्र बहादुर लिम्बुको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ । उपाध्यक्षमा भिम ढकाल सचिवमा युवराज घिमिरे र तोया घिमिरे रहेका छन ।
यस्तै ४ नं वडामा योगेन्द्र पौडेल को अध्यक्षतामा बिधान महाधिवेशनले तोकेको ३१ सदस्यीय वडा कमिटी गठन भएको छ । कृष्ण लिम्बु उपाध्यक्ष चयन भएका छन । वडा नं ५ को अध्यक्षमा महेस सापकोटा साथै हिमा शिवाकोटी उपाध्यक्ष प्रेम राई सचिव सहित ३१ सदस्यीय वडा कमिटी गठन भएको छ ।
यस्तै वडा नं ६ को अध्यक्षमा दिपेश सोङ्मी उपाध्यक्षमा बिजय प्रसाद थेबे सचिव नरेन्द्र देउसाली सहित ३१ सदस्यीय वडा कमिटी गठन भएको नामसालिङ्ग बाट एलिस सुवेदीले जानकारी दिए ।