इलाम । नेकपा (एमाले) इलामको ६६ वडामा अधिवेशन भइरहेको छ । बाढी पहिरोबाट प्रभावित जिल्लाको माङ्सेबुङ र फाकफोकथुम गाउँपालिका बाहेकका अन्य पालिकाहरुमा अधिवेशन भइरहेको एमाले इलामका जिल्ला कमिटि सदस्य रविन्द्र सुवेदीले जानकारी दिए ।
त्यसैगरी सूर्योदय नगरपालिका–१४ र चुलाचुलीको एउटा वडामा समेत अधिवेशन हुन सकेको छैन् । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन गर्न लागेको छ ।
एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिएको छ ।