Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्री देउवा भोली इलाम आउँदै

प्रधानमन्त्री देउवा भोली इलाम आउँदै

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक ६ २०७८


प्रधानमन्त्री देउवा भोली इलाम आउँदै

इलाम । प्रधानमन्त्री शेरबहादुर देउवा इलाम आउने भएका छन् । बाढी–पहिरोको क्षति अवलोकन गर्न र सम्भव भएसम्म पीडितलाई समेत भेट्ने गरी देउवा असोज ७ गते इलाम आउन लागेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।

मौसमले साथ दिए प्रधानमन्त्रीले सूर्याेदय नगरपालिकादेखि सुरु गरी पश्चिमी गाउँहरूसम्म पुगेर बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । ‘प्रधानमन्त्री देउवाले बाढी–पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नुहुनेछ,’ प्रजिअ खड्काले भने, ‘मौसमले साथ दिए गरेर पीडितसँगसमेत छलफल गर्नुहुनेछ ।’

प्रधानमन्त्रीले बाढी–पहिरोको क्षतिबारे इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीको ब्रिफिङ सुन्ने कार्यक्रम पनि छ । ‘प्रधानमन्त्री इलाम आउने तालिका बनिसकेको छ तर मौसम कस्तो हुन्छ, उहाँको भ्रमण त्यसमा भर पर्छ,’ खड्काले भने, ‘इलाममात्र नभई छिमेकी जिल्लाहरूमा समेत उहाँले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने सुनेको छु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार