Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा तीन सय ५० वटा विद्युतका पोलमा क्षति

इलाममा तीन सय ५० वटा विद्युतका पोलमा क्षति

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक ६ २०७८


इलाममा तीन सय ५० वटा विद्युतका पोलमा क्षति

इलाम । चार दिनको वर्षात र बाढी पहिरोले इलाममा तीन सय ५० वढी विद्युतीय पोलमा क्षति पुगेको छ । वर्षातपछिको पहिरोले २ सय ५० वटा काठका पोलमा क्षति पुगेको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख डेगराज पौडेलले बताए । उपभोक्तालाई विद्युत वितरण लाइनमा रहेका पोलहरु हुन् ।

पहिरोले विद्युत प्राधिकरणको प्रशारण लाइनमा रहेका ५५ वटा विद्युतिय पोलमा क्षति पुगेको छ । प्राधिकरणका अनुसार बाढी पहिरोले ३ वटा विद्युत प्रशारण लाइनका ट्रासफर्मरमा क्षति पुगेको छ । त्यसमध्ये एक ट्रान्सफर्मर राखिएको पोष्ट नै भाचिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार