Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पोहिरोबाट मेची राजमार्ग अवरुद्धले इलाम सदरमुकाम क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या

पोहिरोबाट मेची राजमार्ग अवरुद्धले इलाम सदरमुकाम क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या

  • सुजन तिमल्सिना
  • बिहिबार, असोज २८ २०७८


पोहिरोबाट  मेची राजमार्ग अवरुद्धले इलाम सदरमुकाम क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा सडक खण्ड भत्किएपछि इलाम सदरमुकाम क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । इलाम बजार नजिकै पहिरो गएर सडक राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोग ल्याइएपनि यात्रुबाहाक र ढुवानीका सवारीसाधन व्यवस्थापनमा समस्या भएको हो ।
मेचीराजमार्गको धोबीधारा सडक खण्डको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले भत्केपछि सवारीका साधन सञ्चालन हुन सकेका छैनन् । एक साता अघि गएको सुख्खा पोहिरोबाट क्षति भएको सडक तत्काल मर्मत,सुधार गर्न नसकिने भएपछि वैकल्पिक मार्गबाट सवारी पास गराइएपनि ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । भत्किएको सडक चाँडो सञ्चालन गराउन सडक डिभिजन कार्यालयलाई आग्रह गरिएपनि दशैँअघि मर्मत र निर्माण हुने अवस्था छैन ।


पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ्गलाई तराईसँग जोड्ने राजमार्ग भत्किएपछि इलाम सदरमुकाम भएर राजमार्गमा गुड्ने सवारीसाधन संचालन हुँदै आएका छन् । तर बजार क्षेत्रका सडक साघुरो भएकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख योगेन्द्र कुमार दाहालले बताए ।
सडक अवरुद्ध भएपछि सवारीसाधन इलाम सदरमुकामको भानुपथबाट चोकबजारतर्फ आउने साना गाडीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक ग्रिनभ्याली हुँदै राजमार्ग पठाउने गरिएको छ । भानुपथबाट चोकबजार्रतर्फ आउने साना सवारीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक मालापथ आदर्श मावि हुँदै राजमार्ग पठाइने गरिएको छ ।


धोवीधारातर्फबाट इलाम बजार आउने साना सवारीलाई नेपाल बैंकको मोडबाट वन कार्यालय, चियाबारी क्याम्पस हुँदै टुँडिखेलतर्फ पठाउने गरिएको छ । राजमार्गमा गुड्ने हेभी गाडीलाई राजमार्ग सञ्चालन नहुन्जेलसम्म आवतजावत बन्द गरिएको छ ।
हेभी सवारीबाहेक ढुवानीका सवारीसाधनलाई रातको समयमा महानन्दचोकबाट इलामबजार हुँदै धोवीधारासम्मको बाटो प्रयोग गरि पास गराइदैँ आएको छ । झापाबाट पहाडी जिल्ला पुग्ने ढुवानीका सवारीसाधन इलामको गोदक क्षेत्र र इलामको पश्चिमि क्षेत्र, पाँचथर, ताप्लेजुङ्गबाट झापा झर्ने ट्रकहरु इलामको पुवाखोला क्षेत्रमा दिनभर पार्किङ गरि बेलुका आठबजेटबाट मात्रै राजमार्गमा पास गराइँदै आएको हो । सुख्खा पहिराले सडक भत्किएपछि इलाम बजार क्षेत्रका केही घरसमेत जोखिममा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार