Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामको माई नगरपालिकामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न

इलामको माई नगरपालिकामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न

  • सुस्मा राई
  • बुधबार, असोज २७ २०७८


इलामको माई नगरपालिकामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न

दानाबारी । इलामको माई नगरपालिका को वार्ड न १० मा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। लुम्बाक खेलकुद बिकास समितिको आयोजनामा भएको तीन दिवसीय पुरुष भलिबल प्रतियोगितामा वार्ड १० बिजयी भएको हो ।

माई नगरपालिका १० लुम्बाक स्थित हिमालय मा। बि। को खेल मैदानमा असोज २४ गतेदेखि २६ गतेसम्म भएको खेलमा ९ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम हुने वार्ड न १० ले नगद २० हजार ट्रफी र प्रमाणपत्र जितेका छन भने वार्ड न २ ले १५ हजार ट्रफी र प्रमाणपत्र हात परेका छन। खेलमा आयोजक वार्डका बुद्ध तामाङ नगर पुरस्कर सहित उत्कृष्ट खेलाडी घोषित भएका थिए।
प्रतियोगितामा मुख्य निर्णायक राज कुमार खाती रहेका थिए भने सहायकमा अनुप तामाङ रहेका समितिका सचिब सन्दिप बस्नेतले जानकारी दिए । कार्यक्रममा लुम्बाक खेलकुद बिकास समितिका अध्यक्ष अएन बहादुर जिमाका अध्यक्षतामा माई नगरपालिका १० का अध्यक्ष मन बहादुर बस्नेत प्रमुख अतिथि, विशेष अतिथि जिल्ला भलिबल संघका अध्यक्ष डाक प्रसाद गौतम रहेका थिए। बिजय दशमी तथा दिपावलीको अवसरमा भएको कार्यक्रम मोति खर सन्जेलले सन्चालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार