इलाम । इलामका ६६ औँ प्रहरी दिवस २०७८ मा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख देउप्रसाद लिम्बु सहित ११ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । प्रहरी दिवसको अवसरमा कार्य सम्पादनमा उत्कृष्ठ काम गर्ने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउ प्रसाद लिम्बु सहित ११ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको हो । उनीहरुलाई प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी ध्रुबबहादूर खड्काले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

पुरस्कृत हुनेमा सीमा प्रहरी चौकी मानेभञ्ज्याङ्गका प्रहरी नायव निरिक्षक इन्द्र कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरिक्षक भोजकुमार रञ्जितकार, अस्थाई प्रहरी बिट नेपालटारमा कार्यरत प्रहरी साहायक निरिक्षक मनिष लुईटेल, जिल्ला प्रहरी कार्यालय इलामको संचारमा कार्यरत प्रेम राजवंशि, प्रहरी जवान संझाकुमारी विश्वास, अपराध अनुसंन्धानमा कार्यरत प्रहरी जवान याम कुमार बस्नेत रहेका छन् । त्यस्तै प्रहरी जवान सुनिल ऋषिदेव, सागर राई, देवका अधिकारी, लखन कुमार हजाम र इलाका प्रहरी कार्यालय मंगलबारेमा कार्यरत कार्यालय साहायक बुद्धिबल लिम्बु पुरस्कृत भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलाममा आयोजित कार्यक्रममा प्रहरी संगठन र प्रहरी चौकीको भवन निर्माणमा सहयोग गर्ने दातालाई सम्मान समेत गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको अध्यक्षता तथा इलामक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ६ जना अमर प्रहरी परिवारहरुलाई दोसल्ला ओडाएर सम्मान र ४ जना जग्गादाताहरुलाई कदर पत्र प्रदान गरिएको हो ।

अमर प्रहरी तर्फ लिलाहाङ योगेन, प्रहरी भिम राईको श्रीमती लिलाकुमारी राई, प्रहरी अर्जुन योन्जनका बुबा दिल बहादुर, सन्तोष कुमार बुढाथोकीका बुबा राम बहादुर , प्रहरी अमर राईका छोरा रुपेन, प्रहरी तुलसी मगरको छोरी तनिसा मगरलाई इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले दोसल्ला ओडाएर सम्मान गरेका थिए । दिवसको अवसरमा विभिन्न क्षेत्रका प्रहरी चौकीको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने इभाङका भिमलाल र टिकालाल खुलाल, दानाबारीका शंकर प्रसाद श्रेष्ठ र चुलाचुलीका बिर्ख बहादुर तामाङलाई कदर पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा अमर प्रहरीको स्मारिकामा माल्यार्पण तथा पुष्प गुच्छा अर्पण गरिएको थियो । त्यस अवसरमा नेपाल प्रहरीको बिशेष टुकडीद्धारा अमर प्रहरी स्मारिकामा कर्तब्य पालनाको सिलसिलामा सहादत प्राप्त अमर प्रहरीहरुलाई सलामी समेत दिएको थियो । । कार्यक्रममा इलामका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले प्रहरी सबैको साथी भएर काम गर्ने बताउँदै नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षेत्रीको सुभकामना सन्देश वाचन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरक्षक किशोर कुमार तामाङले संचालन गरेको कार्यक्रममा इलाम उद्योग बाणिज्य संघका अध्यक्ष इश्वर चिपालु, भतपूर्व प्रहरी संगठनका अध्यक्ष विमल कोइराला, कर्मचारी मिलन केन्द्र इलामका भुमिराज भुषाल र प्रमुख अतिथि तथा प्रमुख ध्रुब बहादूर खड्काले प्रहरी संगठनले गरेको कामको प्रशंसा गरेका थिए । कार्यत्रमको स्वागत मन्तव्य इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरक्षक देउप्रसाद लिम्बुले गरेका थिए ।
