Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

बिचारमा आधारित कांग्रेसकाे स‌ंगठन निर्माण गर्न मेरो उमेद्धवारी : डिकेन्द्र इधिङ्गो

बिचारमा आधारित कांग्रेसकाे स‌ंगठन निर्माण गर्न मेरो उमेद्धवारी : डिकेन्द्र इधिङ्गो

  • लोकल सन्देश
  • मंगलबार, असोज १९ २०७८


बिचारमा आधारित कांग्रेसकाे स‌ंगठन निर्माण गर्न मेरो उमेद्धवारी : डिकेन्द्र इधिङ्गो

माङ्सेबुङ्ग । नेपाली काग्रेसका नेता डिकेन्द्र इधिङ्गोले अहिले पार्टी चलाउने शैलि व्यक्तिवादी भएकाले त्यसका सुदृढ गर्न क्षेत्रीय सभापतिको उमेद्धावार दिएको बताएका छन् ।
पार्टीका कार्यकर्ता र मतदातासँग भेटघाट तिब्र पारेका नेता इधिङ्गो १४ औँ महाधिवेशनमा इलाम क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिको उमेद्धवारीको घोषणा गरेका हुन् । कार्यकर्तालाई वैचारीक ढंगले अघि बढाउनेमा नसोचेको, पैशाको प्रलोभनमा पारेर संगठन निर्माण गरेकाले अब संगठन बलियो बनाउन र विचारबाट प्रशिक्षित बनाउन आफुले उमेद्धवारी दिएकाे उनले बताए । पैशाको परिचालनबाट बनेको संगठन कमजोर भएकाले आफु क्षेत्रीय सभापतिमा निर्वाचित भए विचारबाट कांग्रेस बुझाउने र संगठन निर्माण गर्ने नेता इधिङ्गोको भनाइ छ ।
कार्यकर्तालाई पार्टी भित्र अनुशासित बनाउन विचारबाट प्रशिक्षण दिनुपर्ने भएकाले आफ्नो लक्ष्य प्रसिक्षित काग्रेस र प्रसिक्षित कार्यकर्ता बनाउने अभियान रहेको उनले बताए । इलामको माङ्सेबुङ्ग पालिका अध्यक्ष रहेका इधिङ्गोले आफ्नो कामले गर्दा युवा काग्रेस कार्यकर्ताले धेरै माया गरेको र सद्भाव रहेको बताए ।
सभापतिमा निर्वाचित भएपछि पहिलो कार्यक्रम नै कार्यकर्ता प्रशिक्षण रहेकाले कार्यकर्तालाई काग्रेसमा किन लाग्ने, किन राजनिति गर्ने भन्ने कुरा बझाएर गाउँ गाउँमा संगठन निर्माण गर्ने अभियान चालउने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार