Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा सखुवाको काठ तस्करी : दुई राउण्ड हवाइ फायर

इलाममा सखुवाको काठ तस्करी : दुई राउण्ड हवाइ फायर

  • लोकल सन्देश
  • शुक्रबार, असोज १५ २०७८


इलाममा सखुवाको काठ तस्करी : दुई राउण्ड हवाइ फायर

इलाम । दक्षिणी इलामका सामुदायिक वनहरुबाट अवैध रुपमा सखुवा चिरान गरी माई खोलामा बगाएर तस्करी गर्ने क्रम रोकिएको छैन । दिनहुँ वनमा अवैध काठ चिरान गरी खोलामा चाली बनाएर तस्करी गर्ने कार्यमा स्थानीय उपभोक्ताहरु संलग्न रहे पनि पक्राउ पर्न सकेका छैनन् ।

इलामको दक्षिणी सीमा भएर बगाएको काठ विहिबार राति वनको गस्ति टोलीले बरामद गरेको छ । पुर्व पश्चिम राजमार्गको झापास्थित कन्काई पुलको करिव दुइ सय मिटर उत्तरबाट चाली बनाएर बगाउँदै ल्याइएका २२ वटा फेन्टा करिव साढे २६ क्युविक फिट सखुवाको काठ बरामद भएको हो ।

चुलाचुली सव डिभिजन वन कार्यालयका जमदार गणेश नेपालको नेतृत्वमा रहेको गस्ती टोलीले काठ ल्याएको जानकारी पाएपछि बरामद गर्न खोज्दा ढुंगाले हानेर तर्साउने र आक्रमण गर्ने प्रयास भएको थियो । आक्रमणको प्रयाश विफल पार्न गस्ति टोलीले दुइ राउण्ड हवाई फायर गरेको जमदार गणेश नेपालले जानकारी दिए

वनमा काटिएको फेन्टा काँटी ठोकेर चाली बनाएर त्यहाँमाथि ट्युव बाँधेर भारततर्फ तस्करी हुने गरेको उनले बताए । राति नौ बजे खोलाबाट काठ आएको सुचना पाएपछि त्यहाँ नेपालको नेतृत्वमा टिका प्रसाद गुरुङ, नर बहादुर कार्की र इन्द्र बहादुर लामा समेतको गस्ति टोली त्यहाँ पुगेको थियो । खोलामा चाली आएको देखेर टर्च बालेर गस्ति टोलीले हेर्दा चालीमाथि रहेका काठ तस्करहरु काठ भएको चाली साइड लगाएर खोलापारी भागेका थिए ।

तस्करहरुले ढुंगा प्रहार गर्न थालेपछि बाध्य भएर हवाई फायर गर्नुपरेको जमदार नेपालको भनाई छ । सोहि रात पुन काठको चाली आउने सुचना पाएर गस्तिमा रहेको टोलीले थप चार वटा चाली अढाइ बजे राति बरामद गरेको छ । थप २४ वटा फेन्टामा २९ क्युविक फिट काठ बरामद गरिएको छ ।

माइखोलाबाट बर्सेनी यसरी नै काठ तस्करी हुने गरेपनि नियन्त्रणमा आउन सकेको छैन । चालीमा ठुल ठुला सखुवाका फेन्टा काँटी ठोकेर ल्याइने भएकाले इलामको महमाई क्षेत्रबाट नै काठ गएको अनुमान गरिएको छ । खुल्ला वन क्षेत्रमा गस्ति कम हुने र समूहका पदाधिकारी निस्क्रिय भएकाले चुरेको घना वन क्षेत्र मासीदै गएको छ ।

वन समूहका पदाधिकारी केहि तस्करीमा संलग्न भएको पाइएकाले खोजि कार्य जारी रहेको डिभिजन वन कार्यालय इलामले जानकारी दिएको छ । सुत्रधारबाट

प्रतिक्रिया
सम्बन्धित समाचार