इलाम । नेपाली कांग्रेसको इलाम नगरसभापतिमा तिर्थ गुरुङ निर्वाचित भएका छन् । नगरसभापतिका चार प्रतिष्पर्धीलाई पाखा लगाउँदै गुरुङ्ग नगरसभापतिमा निर्वाचित भएका हुन् । उनले १२८ मत प्राप्त गरेका छन् । नगर सभापतिका प्रतिष्पर्धी अमृतलाल श्रेठले ८०, लिला थापाले ७५, निर्मल राउतले ७३ र सोम सुसेलीले १९ मत प्राप्त गरेका छन् ।
नगर उपसभापतिमा सुशीला सापकोटाले १४६ र उर्मिला निरौलाले १२१ मत प्राप्त गर्दै निर्वाचित भए । सचिवमा विरेन्द्र कार्कीले १६७ र निराजन भट्टराई १६० मत प्राप्त गर्दै विजयी भए । सहसचिवमा प्रज्वल घिमिरेले २०७ र विरेन्द्र राईले १७७ मत प्राप्त गरेर विजयी भए । नगर कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।