फिक्कल । सूर्योदय नगरसभापतिमा जीवन नेपाल निर्वाचित भएका छन् । कुल २ सय ७० मत खसेकोमा नेपाल १०६ मत ल्याउँदै बिजयी बनेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी मणी गुरुङले ७९ मत प्राप्त गरे । त्यसैगरी अर्का सभापतिका उम्मेदवार सोनाम छिरिङ काजीले ६७ मत प्राप्त गरे ।
उपसभापतिमा निर्मला अग्रवाल र रमेश प्रधान बिजयी बनेका छन् । अग्रवालले १०३ र प्रधानले ९८ मत प्राप्त गरे । ललित प्रधानले ९७, राधिका क्षेत्रीले ९५ र देवान शाहले ५४ मत पाएका छन् । सचिवमा अनुप राई र सुशिल ढुङ्गेल बिजयी बने । राईले १०३ र ढुङ्गेलले १ सय मत पाए ।
रमेश सापकोटा ६६, जीवनकान्त न्यौपाने ४८, ठविराज ढुङगाना ४६ र जयप्रसाद बरालले ३६ मत पाएका छन् । सहसचिवमा नवीन आचार्य र सहदेव प्रधान बिजयी बने । आचार्यले सर्वाधिक लोकप्रिय १२१ र प्रधानले ८१ मत प्राप्त गरे । अन्य उम्मदेवार मणी घिमिरे ७२, दुर्गाकुमारी कटुवाल ६७ र दुर्गाभवानी पोखरेलले ६१ मत प्राप्त गरे ।
नेपालले जिल्ला सभापति हिमालय कमचार्यको समुहबाट उम्मेदवारी दिएका थिए । भेषराज आचार्यको समुहबाट यसअघिका सभापति गुरुङले उम्मदेवारी दिएका थिए । डम्बर खड्काको समुहबाट काजीले उम्मेदवारी दिएका थिए ।