Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेकपा समाजवादी सूर्योदयको सपथ ग्रहण तथा विस्तारित बैठक सम्पन्न

नेकपा समाजवादी सूर्योदयको सपथ ग्रहण तथा विस्तारित बैठक सम्पन्न

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज ९ २०७८


नेकपा समाजवादी सूर्योदयको सपथ ग्रहण तथा विस्तारित बैठक सम्पन्न

फिक्कल । नेकपा एकिकृत समाजवादी सूर्योदय नगर कमिटिको विस्तारित बैठक एवम सपथ ग्रहण सम्पन्न भएको छ । फिक्कलको लाप्चा भवनमा भएको कार्यक्रमको अध्यक्षता पार्टीका नगर अध्यक्ष कमल गदाल र प्रदेश सांसद एवम नेकपा समाजवादीकी नेतृ खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सपथ ग्रहण समारोहमा पार्टीको जिल्ला उपाध्यक्ष चित्रकला बराइली, नेकपा एसका नेता सोनाम छिरिङ्ग लामा र नगर इन्चार्ज तारा नेपालको विशेष आतिथ्यता रहेको थियो । जिल्ला कमिटि सदस्य युवराज प्रधान, बिर बहादुर लाप्चा लगायतको आतिथ्यता रहेको थियो । १८२ सदस्यीय नगर कमिटिका पदाधिकारीकालाई प्रमुख अतिथि लङ्वाले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै लिम्बुले दक्षिणपन्थी भासमा डुवेका यथास्थितीवादीहरु सूर्य चिन्ह दावी गर्ने र मुल पार्टी भन्नेर दावा गर्नेहरुले रोक्ने प्रयास गरेपनि शसक्त रुपमा प्रतिकार गर्न आग्रह गरिन् ।  समाजवादको यात्रामा हिडाउने उद्धेश्य नेकपा समाजवादीले बोकेको बताइन् ।

नगरको विस्तारित बैठकले पार्टीलाई चलायनमान बनाउनका लागि विभिन्न विभागहरु गठन गरेर जिम्मेवारी तोक्ने निर्णय गरेको छ । नेकपा एकिकृत समाजवादीले प्रचारपसार विभागको जिम्मेवारी प्रकाश आचार्यलाई दिएको छ ।

आर्थिक विभाग जिआर खड्का, खानेपानी विभाग विरबहादुर भुजेल, भौतिक पुर्वाधार मदन समाल, युवा तथा खेलकुद विवेक भट्टराई, सामाजिक हित संरक्षण रमिला राई, वन तथा वातावरण विभाग अजित राई, बैदेशिक मामिला विभाग झुलेन्द्र कोइराला, श्रम तथा रोजगार मणी सुवेदीलाई जिम्मेवारी तोकिएको छ ।

संघ तथा प्रदेश सांसद विभाग भुपेन्द्र कार्की, सहकारी तथा गरिबी निवारण विराज लामिछाने, सहकारी विभाग इमान राई, स्थानीय तह विभाग हेम सापकोटा, स्वास्थ्य तथा जनसंख्या सागर भुजेल, जलश्रोत तथा सिचाई लोकबहादुर सुब्बा, उपभोक्ता संरक्षण सृजना राईलाई जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी अखिल नेपाल महिला संघमा कलिका राई, किसान विभाग संघ कमल आचार्य, दलित विभाग भोजबहादुर गजमेर, ट्रेड युनियन विभाग दिपक देवान, चिया मजदुर विभाग पिकला बस्नेत र पर्यटन विभाग टेकबहादुर पुलामीलाई जिम्मेवारी तोकिएकोछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार