Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बिर्तामोडमा १० लाख चोरी गर्ने इलामका मगर धनकुटाबाट पक्राउ

बिर्तामोडमा १० लाख चोरी गर्ने इलामका मगर धनकुटाबाट पक्राउ

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज ९ २०७८


बिर्तामोडमा १० लाख चोरी गर्ने इलामका मगर धनकुटाबाट पक्राउ

बिर्तामोड । बिर्तामोड नगरपालिका–५ मा डेरा गरि बस्ने विकास श्रेष्ठको कोठाबाट नगद चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको कोठाबाट दराज फोरेर नगद १० लाख ५० हजार रुपैयाँ चोरी गर्ने ईलाम माई नगरपालिका– ४ बस्ने २८ वर्षीय कुमार मगरलाई धनकुटाबाट पक्राउ गरि बिर्तामोड ल्याइएको छ ।

श्रेष्ठको कोठाबाट मगरले असोज १ गते चोरी गरेका थिए ।  चोरी गरी फरार रहेको भन्दै पीडितले ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएका थिए । सोही क्रममा खोजी गर्दा धनकुटाबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो ।

धनकुटाको सहिदभुमी गाउँपालिका ७ बस्ने ४८ वर्षीया साबित्रा मगरको साथबाट चोरी गरेको नगद रकम ३ लाख ३५ हजार र चोरी गर्ने कुमार मगरको साथबाट ६३ हजार फेला पारी दुवैलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि बिर्तामोड ल्याइएको छ । जिल्ला अदालत झापा मार्फत म्याद थप भई अनुसन्धान कार्य शुरु गरिएको अनारमनी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार