फिक्कल । संविधान दिवसको अवसरका शसस्त्र प्रहरी बिओपी छब्बिसेले मठमन्दिर सरसफाइ गरेको छ । सई दिनेश शाहको नेतृत्वमा रहेको विओपीले सूर्योदय नगरपालिका–४ मा रहेको किरात हाङसाम युमा माङहिम र किरातेश्वर शिवालय सरसफाइ गरेको हो ।
शसस्त्र प्रहरीले हरेक बर्ष कार्यालय आसपास रहेको मठमन्दिर, पार्टी पौवा र धारा सरसफाइ गर्दै आएको छ ।
