फाकफोकथुम : नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा इलाम क्षेत्र नं २ को ख मा क्षेत्रिय सभापतिको लागि खगेन्द्र लिम्बु (राजु) ले उम्मदेवारी घोषणा गरेका छन् ।
भेषराज आचार्यको प्यानलबाट उनले उम्मेदवारी घाेषणा गरेका हुन् । एघारौ महाधिवेशनमा साधारण सदस्यता लिएका फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका लिम्बुले १२ औ महाधिवेशनमा क्रियाशिल सदस्यता प्राप्त गरेका थिए ।
क्षेत्रिय प्रतिनिधि हुँदै उनी लिम्बु संघको जिल्ला कमिटि सदस्यको रुपमा समेत काम गरिसकेका छन् । तेह्रौ महाधिवेशनमा क्षेत्रिय कमिटि सदस्य निर्वाचित उनी नेपाल आदिवासी जनजाती महासंघको क्षेत्रिय सभापति समेत भइसकेका छन् ।
प्रदेश सभाको निर्वाचन क्षेत्रको सभापतिका लगि उनले पम्फा पुलामी, राजन खनाल, पदम मेवा, सुवास आङ्थुपो, लक्षण राई, उपेन्द्र पौडेल र कमल बहादुर कार्कीसंग प्रतिस्पर्धा गर्दैछन् ।