फिक्कल । विद्यालयको सम्पतीको दुरुपयोगको बिषयमा बोल्दा संचारकर्मी बिनु खड्कालाई माईजोगमाई गाउँपालिका–१ प्रेमेजुङमा रहेको श्री शिवमाई माबिले मुद्धा हालेको छ । विद्यालयको भौतिक संरचना र परिसर जिर्ण अवस्था देखेपछि सामाजिक संजालमा प्रचार गरेको आधारमा खड्कालाई बिद्यालय ब्यवस्थापन समितिले न्यायिक समितिमा मुद्धा हालेको हो ।
बिद्यालय बन्द रहेको अवस्थामा झ्याल ढोका खुल्लै रहेको, बर्खाको पानी कक्षा कोठा भित्र पसेको र भौतिक सामाग्रीको कुनै संरक्षक नभएको अवस्थाको सामाजिक संजालमा सबै सरोकारवालाको ध्यानाकर्षणका लागि हाल्दा मुद्धा हालिएको खड्काले बताए ।
‘सार्बजनिक सम्पत्तिको संरक्षण गर्नु सबै नागरिकको दायित्व हो ।सार्बजनिक सम्पत्ति लथालिङ्ग भयो ब्यवस्थित गरियोस् भनेकै भरमा भरमा मुद्धा लाग्दा अभिभावक लगायत सबैको चासोको बिषय बनेको छ ।’ खड्काले भने ‘सबै नागरिकले सार्बजनिक सम्पतिको बारेमा आवाज उठाउने अधिकार हुँदा हुँदै कानुनी प्रक्रियामा जानू आपत्तिजनक छ ।’
बिधालय ब्यावस्थापन समितिका अध्यक्ष शालिकराम पौडेलले कोरोना भाइरस संक्रमणको बेला सबै तिर बन्दाबन्दी भएकाले बिधालयमा जाने अवस्था नभएको बताए । बिषम अवस्थामा बिधालयमा सरसफाइ गर्न नसकेकै उनले स्विकार गरे । खड्का बिधालयको सरोकारवाला भएकाले राम्रो कुरा नउठाई नराम्रो मात्र सामाजिक सञ्जालमा सम्प्रेषण गरेकाले न्यायको लागि ,छलफल गरिपाउ भनेर न्यायिक समितिमा निवेदन दर्ता गराएको पौडेलले बताए ।