Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

कांग्रेसको देउमाई नगर सभापतिमा त्रि–पक्षिय भिडन्त

कांग्रेसको देउमाई नगर सभापतिमा त्रि–पक्षिय भिडन्त

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र २७ २०७८


कांग्रेसको देउमाई नगर सभापतिमा त्रि–पक्षिय भिडन्त

फिक्कल । नेपाली कांग्रेसको देउमाई नगर सभापतिमा त्रि–पक्षिय भिडन्त हुने भएको छ । अधिवेशन नजिकिदै गर्दा नगर सभापतिमा हालसम्म ३ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । नगर सभापतिमा भुवानीराम राई , दिलिप कार्की र कृष्णराज बरालले उम्मेद्वारी घोषणा गरेका हुन् ।

नगर सभापतिका उम्मेद्वार मध्ये भुवानीराम राई पूर्व पार्टी सभापति केशव थापा निकट हुन । त्यस्तै दिलिप कार्की महासमिति सदस्य भेषराज आचार्य निकटका हुन भने कृष्णराज बराल सभापतिका उम्मेद्वार डम्बर खड्का निकटका हुन । राई देउमाई नगरपालिका २ र कार्की ५ नम्बर वडाका वडाध्यक्ष हुन । त्यस्तै बराल कांग्रेसका स्थानीय पुराना नेता हुन् ।

बर्तमान पार्टी सभापति हिमालय कर्मचार्य टिमले देउमाईमा उम्मेद्वारी नदिने बुझिएको छ । स्थानीय नेताले पार्टी सभापति कर्मचार्यको टिमले जता सघाउछ उसैले नगर सभापति जित्ने दावी गरेका छन् । कांग्रेसको विधान अनुसार नगरमा एक नगरसभापति, दुई उपसभापति, दुई सचिव हुने छन् भने कोषाध्यक्ष मनोनित हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार