Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेकपा एमाले इलामको पालिकास्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न (फोटो फिचर)

नेकपा एमाले इलामको पालिकास्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न (फोटो फिचर)

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र २६ २०७८


नेकपा एमाले इलामको पालिकास्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न (फोटो फिचर)

इलाम । नेकपा एमाले इलामको नगरपालिका र गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमालेको सचिवालय कमिटीको निर्णय बमोजिम इलाममा रहेका दशवटा स्थानिय तहहरु मध्ये ९ वटा स्थानिय तहहरुको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । रोङ गाउपालिकामा भने नेकपा एमाले रोङ्ग गाउँपालिका कमिटीका सचिवालय सदस्य एवम् जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको निधनका कारण स्थगित गरिएको जनाइएको छ ।

जिल्लाको विभिन्न स्थानिय तहमा भएको भेलामा इलाम नगरपालिकामा नेकपा एमाले प्रदेश नं १ का सदस्य मणी कुमार लिम्बु, जिल्ला कमिटी सदस्य कृष्ण श्रेष्ठ, जिल्ला कमिटी सदस्य एवम युवा इन्चार्ज छवि श्रेष्ठ र इलाम नगरका अध्यक्ष धिरेन चेम्जाङ्गले मन्तव्य राखेका थिए । यसैगरी सुर्योदय नगरपालिकामा नेकपा एमाले इलामका अध्यक्ष एवम प्रदेश नं १ का सांसद राम बहादुर मगर, एमाले जिल्ला कमिटी सदस्य एवम प्रदेश नं १ सांसद काजिमान कागते, जिल्ला कमिटी सचिबालय सदस्य सदस्य नरेश तामाङ्ग,अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य रवीन्द्र सुवेदी, जिल्ला कमिटी सदस्य तथा सुनपा उपप्रमुख दुर्गा देबि भट्टराई ,नगरकमिटी अध्यक्ष साबित्रा सिवा लगायतले मन्तव्य राखेका थिए ।

त्यसै गरि देउमाई नगरपालिकामा एमाले इलामको सचिवालय सदस्य एवम देउमाई नगरपालिकाका प्रमुख सुर्य पोख्रेल, जिल्ला कमिटी सचिवालय सदस्य तथा सन्दकपुर गाँउपालिका उपाध्यक्ष सोभा पराजुली, जिल्ला कमिटी सचिवालय सदस्य राज थापाले मन्तव्य राखेका थिए । यसै गरि माई नगरपालिकामा एमाले केन्द्रिय सदस्य एवम प्रदेश नं १ संयोजक देवराज घिमिरे, प्रदेश नं १ सदस्य ध्रुव श्रेष्ठ, एमाले जिल्ला कमिटी सचिवालय सदस्य बुद्धि खनाल, माई नगरपालिका प्रमुख दिपक थेबे, जिल्ला कमिटी सदस्य तथा उपप्रमुख बिष्णुमाया आचार्य ,नगर कमिटि अध्यक्ष मुखराज आङ्दाम्बे लगायतले मन्तव्य राखेका थिए ।

यसैगरि माइजोगमाई गाँउपालिकामा एमाले जिल्ला कमिटी सचिव एवम इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, एमाले इलामका उप सचिव उमेश गुरुङ्ग, जिल्ला कमिटी सचिवालय सदस्य दामोदर भट्टराई ,जिल्ला लेखा आयोग संयोजक गोपाल नेपाल, क्षेत्रिय कमिटी सचिब नोमनाथ खतिवडा लगायतले मन्तव्य राखेका थिए । यस्तै माङसेबुङ गाँउपालिकामा प्रदेश कमिटी सदस्य जय प्रकाश राई, जिल्ला कमिटी सचिबालय सदस्य किरण राई, जिल्ला कमिटी सदस्य प्रकाश अधिकारी , हेमन्त राई, सुनिता सुब्बा , ठाकुर नारायण श्रेष्ठ लगायत ले मन्तव्य राखेका थिए ।

यसै गरि चुलाचुली गाँउपालिकामा प्रदेश कमिटी सदस्य दिपक कार्की, एमाले इलामका सचिवालय सदस्य ओमनारायण खनाल, विन्दु लामगादे र प्रदिपचन्द्र राई लगायले मन्तव्य राखेका थिए । यसै गरि सन्दकपुर गाउँपालिकामा एमाले इलामका सचिवालय सदस्य एवम जिल्ला समन्वय समितिका प्रमुख गणेश प्रसाद बराल, एमाले इलामका सचिवालय सदस्य एवम सन्दकपुर गाउपालिकाका अध्यक्ष उदय बहादुृर राई ,जिल्ला कमिटी सचिबालय सदस्य याम राई लगायतले मन्तव्य राखेका थिए ।

यस्तै फाकफोकथुम गाँउपालिकामा जिल्ला कमिटी सचिवालय सदस्य दिपेन्द्र खनाल ,छत्र सुब्बा,जिल्ला कमिटी सदस्य प्रेम लिम्बू ,गाउँपालिका उपाध्यक्ष तथा जिल्ला कमिटी सदस्य सरू राई, नवीन मगर, नेरासिसंघ अध्यक्ष खेम मगर लगायत ले मन्तव्य राखेका थिए । जिल्लाव्यापी आयोजित अगुवा कार्यकर्ता भेलामा जिल्ला भरबाट ४ हजार भन्दा माथि कार्यकर्ता उपस्थित भई भव्यरुपमा सम्पन्न भएको नेकपा एमाले इलामका सचिव महेश बस्नेतले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार