फिक्कल । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगर संयोजक सावित्रा शिवाको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राम रानाको प्रमुख आतिथ्यततामा सम्पन्न कार्यक्रममा पार्टीको भावी रणनीति र बर्तमान अवस्था बारेमा कार्यकर्तालाई प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा अध्यक्ष राना सहित प्रदेश सांसद काजीमान कागते, याम सुवेदी, नरेश तामाङ, सूर्योदय नगरपालिका उप प्रमुख दुर्गादेबी भट्टराई, अनेरास्वबियू केन्द्रिय सचिवालय सदस्य रविन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नगर कमीटि संयोजक शिवाले सूर्योदय नगरपालिकमा पाहुनाको रुपमा ल्याएर सूर्य चिन्हबाट चुनाव जितेर नगर प्रमुख रणबहादुर राईले धोका दिएको बताइन् ।
उनले आगामी चुनावले घर छोड्दाको नजिता देखाउने चेतावनी समेत दिइन् । भेलामा डम्बर कटुवाल, मन बहादुर लिम्बु, दिपक पौडेल, असोक राई, जुद्ध खत्री, दल बहादुर तामाङ, कमल पोखरेल, वडा सदस्य बिमल कार्की लगायतले पार्टीको गाउँगाउँको अवस्थाको बारेमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अध्यक्ष राना , युवा नेता रविन्द्र सुवेदी, नरेश तामाङ, युवराज बाशिष्ठ, देवकुमार दाहाल, उपप्रमुख दुर्गादेवी भट्टराई लगायतले कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । उनीहरुले एमालेबाट अलग भएर केहि जनप्रतिनिधि अर्को पार्टी एकीकृत समाजवादीमा गए पनि धेरै असर नपर्ने दावी गरेका थिए । कार्यक्रममा करिव २ सय जनाको उपस्थिति रहेको थियो ।