Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

ओलीको जिल्लामा समाजवादीको रवाफ

ओलीको जिल्लामा समाजवादीको रवाफ

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र २५ २०७८


ओलीको जिल्लामा समाजवादीको रवाफ

इलाम । पुर्व प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा नेकपा (एकिकृत समाजवादी) रोजेकाहरुले सपथ ग्रहण गरेका छन् । आज समाजवादीले प्रथम जिल्ला बैठक एवम प्रशिक्षण कार्यक्रम राख्दै आगामी १५ दिनभित्रमा पार्टीका भातृ संगठन र मोर्चाहरुलाई सक्रिय बनाउने निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रवक्ता एवम प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र १ नम्बर प्रदेश अध्यक्ष घनेन्द्र बस्नेतले आगामी कार्यदिशाको बारेमा कार्यकर्ता एवम जिल्ला कमिटिका पदाधिकारीलाई प्रशिक्षण दिएका थिए । युवा संघका केन्द्रिय सदस्य प्रत्युस रानाले स्वागत गरेको कार्यक्रम पार्टीका जिल्ला सचिव निलमणी बरालले संचालन गरेका थिए ।

समाजवादीको बैठक आगामी १० दिन भित्र झापाका १५ पालिका कमिटी, भातृ संगठन र मोर्चा निर्माणका साथै पुनर्गठन गर्ने प्रचार विभाग प्रमुख तिर्थ सिग्देलले जानकारी दिए । १५ दिनभित्रका ५ वटा प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा भातृ संगठन र मोर्चा निर्माण गरेर पार्टीका गतिविधिलाई थप अघि बढाउने भएको छ । गठन भएका विभिन्न विभागहरुलाई समेत पुर्णता दिने सिग्देलले जानकारी दिए ।

ओलीको असंवैधानिक कदमपछि गत बैशाख ३ गते झापामा एमालेको समानान्तरण कमिटी गठन भएको थियो । माधव नेपालले निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछि झापाको ३५१ सदस्यीय कमिटी नेकपा एकिकृत समाजवादीमा रुपान्तरण हुने निर्णय गरेर अघि बढेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार