Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सभापतिको लागि सूर्योदयमा त्रि–पक्षिय भिडन्त

सभापतिको लागि सूर्योदयमा त्रि–पक्षिय भिडन्त

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र २५ २०७८


सभापतिको लागि सूर्योदयमा त्रि–पक्षिय भिडन्त

फिक्कल । नेपाली कांग्रेसको अधिवेशन नजिकिएसंगै पार्टी नेतृत्वको लागि रस्सकस्सी सुरु भएको छ । नेतृत्वको लागि देशभर प्यानलै घोषणा गरेर उम्मेदवारहरु प्रचारप्रसारमा जुटिरहँदा पर्यटकीय नगरी सूर्योदयमा समेत सभापतिका लागि ३ जना आकांक्षीहरु देखा परेका छन् । आगामी भदौ २७ गतेको नगर अधिवेशनको लागि वर्तमान सभापति मणी गुरुङ सहित जीवन कुमार नेपाल र सोनाम छिरिङ काजीले इच्छा देखाएका छन् ।

गुरुङ महासमिति सदस्य भेषराज आचार्य टिमबाट उम्मेदवार हुन् । सोनाम छिरिङ काजी जिल्ला सभापतिका उम्मेद्वार डम्बर खड्का निकट मानिन्छन् । त्यस्तै जिल्ला सभापति दोहो¥याउन चाहेका हिमाल कर्मचार्यको लाइनबाट जीवन कुमार नेपाल उम्मेदवार हुन् । कांग्रेसका निवर्तमान जिल्ला सभापति समेत रहेका पूर्व मन्त्री केशव थापाको टिमबाट सूर्योदय नगरपालिकामा उम्मेदवार छैनन् ।

दुई उपसभापति हुने नगरमा अहिलेसम्म तरुण दल सुर्योदयका सभापति एंव वडा नम्बर ८ का सदस्य रमेश कुमार प्रधान र सुर्योदय नगरपालिका वडा नम्बर १ का सभापति ललित कुमार प्रधानको उम्मेद्वारी सार्वजनिक भएको छ । यस्तै सचिवमा पनि हालसम्म ३ जनाले उम्मेद्वारी घोषणा गरेका छन् ।

सचिवमा अनुप राई, टीआर ढुङगाना र सुशील ढुङगेलले उम्मेद्वारी सार्वजनिक गरेका छन् । कांग्रेसको विधान अनुसार नगरमा एक नगरसभापति, दुई उपसभापति, दुई सचिव हुने छन् भने कोषाध्यक्ष मनोनित हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार