Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

खानेपानीका डिई लालदास निजामती सेवा पुरस्कार पाउँदै

खानेपानीका डिई लालदास निजामती सेवा पुरस्कार पाउँदै

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र २२ २०७८


खानेपानीका डिई लालदास निजामती सेवा पुरस्कार पाउँदै

इलाम । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका सिनियर डिभिजनल इन्जिनियर विपुलकुमार लालदास निजामती सेवा पुरस्कारबाट सम्मानित हुने भएका छन् । दिवसका अवसरमा सरकारले ४० जना निजामती कर्मचारी सम्मान गर्दा खानेपानी र ढल व्यवस्थापनको क्षेत्रमा देशभरमै उत्कृष्ट रहँदै लालदासले पुरस्कृत हुने अवसर पाएका हुन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । जसअनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र लालदास सहित ३० जनालाई निजामती सेवा पुरुस्कार प्रदान गर्न लागिएको हो । दुई लाख पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने यो वर्ष पनि कोही छनोट भएको छैन ।

उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको एक लाख रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार