इलाम । एकताको प्रयासका बाबजुद पनि नेकपा एमालेले सहमती कार्यान्वयन नगर्ने पक्षमा देखिएप्छि नेकपा एकिकृत समाजवादी रोजेको जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइलीले बताइन् । जिल्ला निर्वाचन कार्यालयमा नेकपा एसको पक्षमा सनाखत गर्दै बराइलीले अन्तिम अवस्थासम्म एमालेमै रहन सहमतीको प्रयास गरेपनि सफल नभएको बताइन् ।
उनले एमालेमा भन्दा एकिकृत समाजवादीमा आफ्नो राजनितिक भविष्य सुरक्षित र जनअपेक्षा अनुसार काम गर्न पाउने वातावरण देखेपछि रोजेको प्रतितक्रिया दिइन् । उनले एमाले छाड्नु पर्दा कुनै गुनासो नरहेको बताउँदै आगामी समाजवादको यात्रामा नेकपा एसबाट अघि बढाउँदै जनमतको कदर समेत गर्ने विश्वास दिलाइन् ।