Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

जनताको सपना पुरा गर्न एकिकृत समाजवादी : माईजोगमाई अध्यक्ष जीतबहादुर राई

जनताको सपना पुरा गर्न एकिकृत समाजवादी : माईजोगमाई अध्यक्ष जीतबहादुर राई

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र २१ २०७८


जनताको सपना पुरा गर्न एकिकृत समाजवादी : माईजोगमाई अध्यक्ष जीतबहादुर राई

फिक्कल । जनताको सपना पुरा गर्न नेकपा एकिकृत समाजवादी रोज्नुपरेको माईजोमगाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले बताए । नेकपा एकिकृतमा सनाखत गर्दै राईले केपी ओलीको पदलोलुप्ताले नेकपा एमाले फुटमा पुगेको आरोप लगाए । उनले नेकपा माओवादी र नेकपा एमाले बिच सत्ता साझेदारीका क्रममा भएका सहमतीमा केपी ओलीले धोका दिँदा त्यसको परिणाम नेकपा एमाले फुट्न पुगेको बताए ।

‘ समयक्रम अनुसार भएका घटनाहरुले सहमती अघि बढाउने क्रममा ओलीले दिएको धोका र त्यसको परिणामले २ तिहाईको मतलाई ओली सरकारले थामी खान सकेन र देशमा अस्थिरता निम्तियो र अन्तत पार्टी फुट्यो ’ राईले भने ‘ एमाले भित्रको चरम अवसरवादी गुटबन्दीको परिणामले थप एमाले समेत फुट्न पुग्यो ।’

उनले कम्युनिष्ट आन्दोलन तहननहस हुने अवस्था आएपछि अहिले पार्टी पुनर्गठन गर्दै असल कार्यकताहरु संगठित भएर बाम आन्दोलन अघि बढाउने बताए । उनले जनताको समस्या समाधान गर्दै सुखी र समृद्धिको सपना पुरा गर्न नयाँ पार्टी पुनर्गठनको विकल्प समेत नरहेको बताए ।

भविष्यलाई नेकपा एकिकृत समाजवादीलाई प्रगतीशिल वामपन्थी शक्तिको रुपमा विकास गर्ने राईले बताए । उनले पार्टी एकताको क्रममा नै एमाले अध्यक्ष ओली र प्रचण्ड बिच संघ र प्रदेशको समिकरणबाट आम कार्यकताहरु असन्तुष्ट रहेकाले अहिलेको पार्टी विभाजनमा अवस्थामा पुगेको बताए ।

विना सल्लाह २ अध्यक्ष बिच अढाई बर्ष कुसी र पार्टी चलाउने चरम अवसरवादी सहमती घटनाक्रमले देखाएको राईले बताए ।

https://www.facebook.com/Localsandesh/videos/1020418568706046/

प्रतिक्रिया
सम्बन्धित समाचार