Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा सुर्याेदय नगर प्रमुख, जिसस उपप्रमुख र माईजाेगमाई अध्यक्ष सहित ५७ जनप्रतिनिधिले राेजे नेकपा समाजवादी

इलाममा सुर्याेदय नगर प्रमुख, जिसस उपप्रमुख र माईजाेगमाई अध्यक्ष सहित ५७ जनप्रतिनिधिले राेजे नेकपा समाजवादी

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र २१ २०७८


इलाममा सुर्याेदय नगर प्रमुख, जिसस उपप्रमुख र माईजाेगमाई अध्यक्ष सहित ५७ जनप्रतिनिधिले राेजे नेकपा समाजवादी

इलाम । पुर्व प्रधानमन्त्री झलनाथ खनालकाे जिल्ला इलाममा जनप्रतिनिधिहरूले धमाधम नेकपा एकीकृत समाजवादी राेजेका छन् । आज सूर्याेदय नगर प्रमुख रणबहादुर राई, जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली, माईजाेगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई सहित ५७ जना जिसस र स्थानीय तहका जनप्रतिनिधिहरूले नेकपा एसमा सनाखत गरेका हुन् ।

एकीकृत समाजवादी रोज्नेमा सबैभन्दा धेरै सूर्योदय नगरपालिकाका जनप्रतिनिधि रहेका छन् । सूर्योदयमा उपप्रमुख र एक वडा अध्यक्ष बाहेक सबैले एकीकृत समाजवादी रोजेका छन् । १४ वटा वडा रहेको सूर्योदयमा तत्कालिन एमालेले प्रमुख र उपप्रमुखसहित १० वटा वडामा जितेको थियो । जसमध्ये ९ वडाअध्यक्षले एकीकृत समाजवादी रोजेका हुन् ।

त्यस्तै ४ जना कार्यपालिका सदस्य र २९ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका हुन् । पूर्वप्रधानमन्त्री खनालको बलियो क्षेत्र मानिएको सूर्योदयका झण्डै ८० प्रतिशत जनप्रतिनिधिहरु एकीकृत समाजवादीमा लागेको देखिएको छ ।

त्यस्तै माईजोगमाई गाउँपालिकाका अध्यक्षसहित एक वडा अध्यक्ष र ७ जना एकिकृत समाजवादीमा लागेका छन् । ६ वटा वडा रहेको माईजोगमाईमा तत्कालिन एमालेले अध्यक्ष उपाध्यक्षसहित ४ वटा वडामा जित हात पारेको थियो । अन्य जनप्रतिनिध एमालेमै रहेका छन् । त्यस्तै सन्दकपुर गाउँपालिकाबाट वडा सदस्य हरि लुङ्गेली र देउमाई नगरपालिका ९ बाट वडा सदस्य हेमराज लिम्बूले एकीकृत समाजवादी रोजेका हुन् । इलाम, देउमाई र रोङ गाउँपालिकाका १/१ वडा सदस्य समाजवादीमा रहेका छन् ।

भाेली ३० भन्दा बढिले जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्ने नेकपा एस स्राेतले जानकारी दिएकाे छ । नेकपा एमाले आधिकारिक रूपमा विभाजन भएपछि भदौ २२ गतेसम्म नवगठित पार्टीमा सनाखतका लागि समयसीमा दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार