Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

एमाले प्रवक्ताबाट खोसियो योगेश भट्टराईको जिम्मेवारी

एमाले प्रवक्ताबाट खोसियो योगेश भट्टराईको जिम्मेवारी

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र १९ २०७८


एमाले प्रवक्ताबाट खोसियो योगेश भट्टराईको जिम्मेवारी

काठमाण्डौ । नेकपा एमालेको प्रचार विभाग प्रमुख अर्थात् प्रवक्ताबाट योगेश भट्टराईको जिम्मेवारी खोसिएको छ । १० बुँदे सहमतिलाई भदौ ८ मा बसेको स्थायी समिति बैठकले अनुमोदन गरेर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइएसँगै स्वतः एमाले प्रचार विभाग प्रमुख प्रचार विभाग प्रमुख बनेका भट्टराईको जिम्मेवारी खोसिएको छ ।

प्रवक्ताले नै पार्टीको गतिविधिबारे प्रचलन रहे पनि बिहीबार फरक दृश्य देखियो । दार्चुलाको तुइन घटना प्रकरणबारे पार्टीको निर्णय एमाले प्रवक्ताको हैसियतमा प्रदीप ज्ञवालीले जारी गरेका थिए । जबकि १० बुँदेश सहमतीअनुसार एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई हुन्। र, उनैले उक्त निर्णय जारी गर्नुपर्दथ्यौ । तर, त्यसो भएन ।

पार्टी २ जेठकै अवस्थामा फर्किए पनि बिहीबार जारी निर्णयपछि एमालेभित्र फेरि विवाद सिर्जना भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार