फिक्कल । नेपाली कांग्रेस सूर्योदय नगरपालिकाको १४ वटै वडामा वडाका सभापतिहरु चुनिएका छन् । आज सम्पन्न निर्वाचनमा नगर क्षेत्रका ३ वटा वडा बाहेक अन्यमा सर्वसम्मत रुपमा वडा सभापति चयन भएका छन् । वडा नं २, १२ र १४ बाहेक अन्य वडामा सर्वसम्मत रुपमा वडा सभापति चयन गरिएको हो ।
वडा नं १ मा अर्जन भट्टराई सर्वसम्मत रुपमा चयन भएका छन् । वडा नं २ मा प्रकाश खड्का बिजयी भए । उनी हरि खड्कालाई पराजित गर्दै वडा सभापतिमा निर्वाचित भएका हुन् । वडा नं ३ मा अशोक कार्की, वडा नं ४ मा उमेश लाप्चा, वडा नं ५ मा कृष्णा स्याङ्वो, वडा नं ६ मा दुकराज पौडेल, वडा नं ७ मा लेखनाथ खड्का, वडा नं ८ मा राजेन्द्र प्रधान सर्वसम्मत भएका छन् ।
वडा नं ९ मा राजेन पौडेल, वडा नं १० मा रोहित खड्का र वडा नं ११ मा दुर्गामान राई सर्वसम्मत रुपमा चयन भएका छन् । वडा नं १२ मा चन्द्र बहादुर राईले प्रेम सापकोटालाई पराजित गर्दै वडा सभापति निर्वाचित भए । वडा नं १३ मा सोम राई सर्वसम्मत र वडा नं १४ मा गोपाल लुइटेलले मदन पौडेललाई हराउँदै वडा सभापतिमा निर्वाचित भएको क्षेत्रीय प्रतिनिधि ज्ञान बहादुर राईले जानकारी दिए ।