माई । इलामको माई नगरपालिका–४ शुक्रबारे बजार निवासी पबित्रा न्यौपानेको काजक्रियाका लागि माई नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगर प्रमुख दिपक कुमार थेवेले न्यौपानेको दशकर्म गर्न सहयोग गर्ने गरि परिवारका सदस्यलाई आर्थिक सहयोग गरेका हुन् । नगर प्रमुख थेबेले काजक्रिया गर्दै रहेको स्थानमा श्रद्धाञ्जली कार्यक्रम गर्दै नगद ३० हजार प्रदान गरेका हुन् ।
अति विपन्न परिवारका संरक्षक पवित्राको गत आईतवार दम रोगका कारण निधन भएको थियो । उनका श्रीमानको पनि ५ बर्ष अघि निधन भएको थियो । न्यौपाने परिवारमा ३ जना अशक्त र बाल्य अबस्थाका छोराहरु र विवाह भएर गएका ३ छोरीहरुले अहिले काजक्रिया गरिरहेका छन्। गत बर्ष पनि न्यौपाने बिरामी स्थानीय शुक्रबारेबासीले उपचारको लागि आर्थिक सहयोग समेत प्रदान गरेका थिए ।