Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

अनुदान कार्यक्रमले इलामका गाउँ गाउँमा उद्योग

अनुदान कार्यक्रमले इलामका गाउँ गाउँमा उद्योग

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र १६ २०७८


अनुदान कार्यक्रमले इलामका गाउँ गाउँमा उद्योग

इलाम । प्रदेश सरकारबाट कृषि र दुग्द्यजन्य क्षेत्रका क्षमता विस्तारका लागि अनुदान सहयोग थालेपछि इलामका गाउँगाउँमा स्वरोजगारमुलक उद्योगहरुहरु स्तरोन्नती भएका छन् । स्वरोजगार मुलक कृषि उपज उद्योगको क्षमता विस्तार गरि रोजगारीका अवसर वृद्धि गर्ने उदेश्यले संचालन भएको अनुदानको कार्यक्रमले प्रदेशको अर्थतन्त्रमा समेत सहयोग पुगेको हो ।

व्यावसायिक रुपमा नगदेवाली उत्पादन हुने इलाममा सरकारले लगानीसमेत बढाएको छ । घरेलु र मझौला उद्योगको क्षमता विस्तारमा प्रदेश सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अनुदान सहयोग गर्दै आएको छ । प्रदेश सरकारको अनुदान कार्यक्रमले कृषि उपजको उद्योग संचालन गर्दै आएका किसान र उद्यमीलाई रोजगारी अवसर वृद्धिमा सहयोग पुगेको छ ।

दुग्धजन्य सामग्री उत्पादन तथा प्रशोधन र चिया उद्योगको क्षमता विस्तारमा सहयोग गर्ने उद्देश्यले प्रदेश एक सरकारले अनुदानको कार्यक्रम संचालन गर्दै आएको हो । उद्योगमा आवश्यक पर्ने मेसिन औजार खरिद र उद्योगको क्षमता विस्तारमा अनुदान कार्यक्रमले सहयोग पुगेको सूर्योदय नगरपालिकाका चिज उद्योगी तुलु तामाङले बताए ।

‘प्रदेश सरकारबाट प्रोत्साहनका लागि अनुदानका कार्यक्रहरु आएपछि उद्योगको स्तरोन्नती समेत भएको छ । उद्योगलाई आवश्यक उपकरण प्राप्त भएपछि उत्पादन क्षमतामा समेत बृद्धि भएको छ ।’ तामाङले भने इलाममा व्यावसायिक रुपमा खेती हुने चिया र दूग्धजन्य सामग्री उत्पादन गर्ने उद्योगहरु अनुदान कार्यक्रमबाट सवैभन्दा बढि लाभान्वित भएका छन् ।

प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि विकास मन्त्रालयबाट भएका अनुदानका कार्यक्रमहरु प्रदेश एक ससंदको सामाजिक विकास समितिले अनुगमन पनि गर्दै आएको छ । कृषि विकास मन्त्रालयको अनुदान कार्यक्रम गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने उद्यमीमाझ पुगेकाले प्रभावकारी पाइएको प्रदेश सासंद झलकसिंह दर्लामीले बताए । इलामका बावा हलेसी अर्गानिक चिया उद्योग, विनायक डेरी, लक्की डेरी, ओएसिस टि, इलामेली ललिपप लगायतका उद्योगले १० लाखसम्म अनुदान प्राप्त गरेका छन् ।

स्वरोजगार मुलक कृषि उपज उद्योगको क्षमता विस्तार गरि रोजगारीका अवसर वृद्धि गर्ने उदेश्यले संचालन भएको अनुदानको कार्यक्रमले प्रदेशको अर्थतन्त्र विकासमा सहयोग पुगेको मात्र छैन यसले ग्रामीण क्षेत्रका उद्यमी कृषकलाई थप सहयोग पुग्ने बिश्वास गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार