Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

अब कुनै कार्यकारी पद नलिने झलनाथ खनालको घोषणा

अब कुनै कार्यकारी पद नलिने झलनाथ खनालको घोषणा

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र १४ २०७८


अब कुनै कार्यकारी पद नलिने झलनाथ खनालको घोषणा

काठमाडौं । भारतमा मृगौला प्रत्यारोपण गरेर फर्किएका झलनाथ खनालले आफ्नो बाँकी जीवन राष्ट्रियता, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनप्रति समर्पित रहने बताएका छन् । भारतको एपोलो अस्पतालमा उपचार गराएर फर्किएका वरिष्ठ नेता खनालले आफ्नो जीवन ‘बोनस’को जीवन भएको भन्दै देश, राष्ट्रियता र नेपाली मोडलको समाजवाद निर्माणका निम्ति खर्चिने बताए ।

आफ्नो लिखित वक्तव्य अरूलाई पढ्न दिएका खनालले आफू बाँकी जिवनमा कुनै कार्यकारी पद नलिने घोषणा गरेका छन् । “यसै पनि ७१ वर्ष पार भएको छु, अब मेरो बाँकी जीवन बोनसको जीवन हो,” खनालले भने, “त्यसैले मेरो बाँकी जीवन देश, राष्ट्रियता, लोकतन्त्र र नेपाली मोडलको समाजवाद निर्माणमा लगाउँछु ।” उनले आफ्नो बाँकी जीवनमा कुनै कार्यकारी पद नलिने र पार्टी दिएका जिम्मेवारी निर्वाह गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार