Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र १४ २०७८


कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५८४ मत पाएका थिए । उनका ससुरा अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार थिए । तर रामचन्द्र पौडेल समूहका डा। शशांक कोइराला निर्वाचित भएका थिए । थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार