Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेकपा (एकिकृत समाजवादी) निकट युवाको भेला इलामको फिक्कलमा

नेकपा (एकिकृत समाजवादी) निकट युवाको भेला इलामको फिक्कलमा

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र १३ २०७८


नेकपा (एकिकृत समाजवादी) निकट युवाको भेला इलामको फिक्कलमा

फिक्कल । नेकपा (एकिकृत समाजवादी) निकट युवा संघ नेपाल सूर्योदय नगर कमिटीले ७ दिनभित्र जिल्लाको समानान्तर कमिटीलाई चलायमान बनाउन माग गरेका छन् । नगर कमिटी अध्यक्ष युवराज प्रधानको अध्यक्षतामा शनिबार भएको भेलाले ७ दिन भित्रमा जिल्ला नेतृत्वलाई गतिरोध अन्त्यका लागि दबाब दिने निर्णय गरेको हो ।

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चित्रकला बराईलीको प्रमुख आतिथ्यता तथा युवा संघ नेपाल स्थायी कमिटी सदस्य तथा इलाम जिल्ला इञ्चार्ज पेमा उगेन लामाको बिशेष आतिथ्यततामा भएको भेलाले राजनीतिक परिवेश फेरिएको अवस्थामा जिल्लामा बनेको समानन्तर कमिटीलाई हालको राजनैतिक गतिरोध अन्त्यका लागि निर्णायक भूमिका निर्वाहका लागि दबाब दिने निर्णय गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल बिच आन्तरिक बिवाद पछि नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गराई सकेका छन् । जिल्लामा कमिटीहरु समायोजन हुने क्रममै रहेको बेला इलाममा पनि एमाले दुई चिरा भइसकेको छ । जिल्लामा माधव नेतृत्वको नेकपा एकिकृत समाजवादीको नेतृत्व नेता भक्त केसीले गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार